हो हरेक ब्यक्तिले मनमा लक्ष्य बोकेर संघर्ष गरिरहेको हुन्छ र देश काल र परिस्थितीले उसको जीवनको खाका कोरिरहेको हुन्छ । जहाँ मानिस विना संर्घष रहन सक्दै सक्दैन् । देश, समाज र विश्वका मानिसहरु आ–आफ्ना क्षेत्रमा संर्घष गरिहरेकै हुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हो हरेक ब्यक्तिले मनमा लक्ष्य बोकेर संघर्ष गरिरहेको हुन्छ र देश काल र परिस्थितीले उसको जीवनको खाका कोरिरहेको हुन्छ । जहाँ मानिस विना संर्घष रहन सक्दै सक्दैन् । देश, समाज र विश्वका मानिसहरु आ–आफ्ना क्षेत्रमा संर्घष गरिहरेकै हुन"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जसले शहिदका लक्ष्य पुरा गर्न पटकपटक भिडेकी छन्

१६ मंसिर २०७४, शनिबार ०२:४१


हो हरेक ब्यक्तिले मनमा लक्ष्य बोकेर संघर्ष गरिरहेको हुन्छ र देश काल र परिस्थितीले उसको जीवनको खाका कोरिरहेको हुन्छ । जहाँ मानिस विना संर्घष रहन सक्दै सक्दैन् । देश, समाज र विश्वका मानिसहरु आ–आफ्ना क्षेत्रमा संर्घष गरिहरेकै हुन्छन् । जीवन संर्घष भित्र उनिहरुका विभिन्न पाटाहरु हुन्छन् । सामाजीक, राजनैतिक, पेशा, ब्यवसाय, रोजगारी, उद्योग आदि इत्यिादी । यही संर्घषमय एक पाटोमा जनयुद्धकालीन समय देखी मुलुक परिवर्तनमा होमीएकी एक होनाहर महिला अगुवा नेता हुन मनरुपा शर्मा विमला । मुलुकमा महान जनयुद्धपछि ०६२÷६३ को जनआन्दोलन हुँदै मुलुकमा बृहत शान्ति सम्झौता, संविधानसभाको पहिलो निर्वाचन २०६४, संविधानसभा दोस्रो निर्वाचन २०७० र हाल संघिय प्रतिनिधीसभा, प्रदेशसभा निर्वाचन २०७४ सम्म मुलुक आइपुग्दा राजनैतिक संर्घष तथा पटक पटक पर्वत जिल्लाबाट चुनावी प्रतिस्पर्धामा मनरुपा शर्मा होमिदै आइरहेकी छन् ।

जनयुद्धमा परिवर्तनको पक्षमा प्रतिगामीहरुसँग लड्दै, शान्ति प्रक्रिया पछि मुलुकमा गणतन्त्र स्थापना भैसकेर नयाँ संविधान जारी भैसकेपछि समेत उनि निरन्तर पर्वत जिल्लाको राजनीतिमा सक्रियता पुर्वक संर्घषमै छन् । जसले शहिदहरुको लक्ष्य पुरा गर्न र उत्पीडीत, महिला, दलित मजदुर, गरिब, शहिद वेपत्ता परिवाहरुको उत्थानका निम्ति पटकपटक संर्घषमा भिडेको बताउँछीन् । उनले पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्ष चुनावमा पर्वत क्षेत्र न। १ मा भिडेकी थिइन् । त्यस ताका प्रतिद्धन्दी रहेका अर्जुनप्रसाद जोशीलाई कडा टक्कर दिन सफल भएकी हुन् । प्राविधिक कमजोरीले जीतेर पनि उनले हार ब्यहोर्नु परेको थियो । त्यसपछि संविधानसभाको दोस्रो निर्वाचन २०७० मा केन्द्रिय समानुपातिकमा उम्मेदवार रहेकी थिइन् । त्यस ताका उनले पर्वतबाट भारी मत पाएकी भएपनि पार्टीको केन्द्रीय नेतृत्वको कमजोरीका कारण उनी समानुपातिक सभासद हुनबाट बन्चित भइन् । तर पनि फेरी पार्टीको हितमा उनको आवश्यकता नहुने कुरै भएन् । शर्मा अहिले फेरी पनि प्रदेश न। ४ को प्रदेश समानुपातिक उम्मेदवार छन् । पर्वतको चुनावी मैदानमा उनि हरेक पल्ट खरो रुपमा लागेकी छन् । उनको यो उम्मेदवारीले पर्वत जिल्लाका बामपन्थी पक्षधर, सम्पुर्ण जनता सबैमा आशा जगाएको छ । किनकी एक महिला जसले समायनुकुल आफुलाई धैर्यता प्रकट गरेर निरन्तर जनता र पार्टीको काममा दृढता र सहासपुर्वक खटिरहेकी छन्् ।

समानुपातिक उम्मेदवार मनरुपा शर्मालाई प्रदेशसभाको सदस्य बनाउन पार्टी नेतृत्वले पनि ढुक्कका साथ आश्वासन दिएको बताइन्छ । यदि अब पनि सहिद र उनका परिवारको अबमूल्यन गरिएमा पार्टी पंक्तिलाई पनि शहिदले धिक्कार्ने छन् । त्यही भएर पनि पार्टीले शर्मालाई प्रदेशसभाको उम्म्ेदवार बनाएको बताइएको छ । उनि जनयुद्धमा होमिएका एक होनाहर क्रान्तिकारी युवा नेता शहिद क। बिजय सुवेदीकी धर्मपत्नी समेत हुन । शहिद विजय सुवेदीलाई तात्कालीन राज्य पक्षले स्याङ्गजाको सिर्सिकोटमा गोली हानी हत्या गरेको थियो । शहिद विजय लगायत वि।स।२०६१ मसिंर १७ गतेका दिन पर्वतका ५ जना होनाहर बामपन्थी क्रान्तिकारी योद्धाहरु शाहदत भएका थिए । आज यिनै महान शहिदहरु जस्तै मुलुकभरीका हजारौं शहिदहरुले बलिदानी नगरेको भए यो मुलुक परिवर्तन सम्भव थिएन् ।

त्यसकारण शहिदहरुले यो मुलुकका उत्पीडीत जनता, वेपत्ता, शहिदपरिवार, महिला, दलित, मजदुर किसानका सपना साकार पार्न र मुलुकलाई विकास र समृद्धि ल्याएर आमुल परिवर्तन गर्नु पर्छ भनेर सहासपुर्वक बलिदानी गरेक थिए । उनिहरुले जे सपना देखेका थिए त्यो लक्ष्य पुरा गर्नका लागि पनि शहिद परिवार तथा शहिद विजयकी धर्मपत्नी क। मनरुपा शर्माले पर्वतबाट समानुपातिको प्रदेशसभा उम्मेदवार बनेको बताउँछीन् । बामपन्थी आन्दोलनलाई सार्थकतामा पु¥याउने र देश, समाज, शहिद परिवार, महिला दलितका पक्षमा निरन्तर काम गर्ने आफ्नो उदेश्य रहेको उनको भनाई छ । त्यसकारण उनले बामगठबन्धनका सबै उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउन सम्पुर्ण पर्वतबासीलाई हार्दिक अपिल गरेकी छन् । साथै समानुपातिक प्रदेशसभा उम्मेदवारमा गोलाकार भित्रको हँसिया हतौडामा अत्याधिक मतदान गरी बिजय गराउन उनले सम्पुर्णमा आग्रह गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु