१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदातालाई देउवाको प्रश्न- ‘लोकतन्त्र रोज्ने की अधिनायकवाद’ ?

१६ मंसिर २०७४, शनिबार ११:२०

मङ्सिर १६, भीमदत्तनगर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास काँग्रेसले मात्रै गर्न सक्ने बताउनुभएको छ । 

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ स्थित बेलौरीमा आज आयोजित चुनावीसभामा उहाँले कम्युनिष्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्छ भन्दै लोकतन्त्र रोज्ने की अधिनायकवाद भनेर मतदातासँग प्रश्न गर्नुभयो । 

प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा मतदान गर्नुअघि लोकतन्त्र रोज्ने की अधिनायकवाद रोज्ने निक्यौल गर्न मतदातासँग आग्रह गर्दै पश्चिम सेती र पञ्चेश्वर परियोजनाको निर्माण कार्य चाँडै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

“काँग्रेसकै नेतृत्वमा राणा शासनको अन्त्यदेखि संविधान निर्माणसम्मका एतिहासिक काम भएका छन्,” उहाँले भन्नुभयो– “संविधान कार्यान्वयनका लागि पनि आसन्न निर्वाचनमा काँग्रेसले जित्नु आवश्यक छ ।” 

प्रधानमन्त्री देउवाले “यसअघिको चुनावमा कञ्चनपुरका चारवटै निर्वाचन क्षेत्रमा काँग्रेस जितेकाले यहाँ विकासको खोलो बगेको छ,” भन्दै “यहाँका जनजाति, अल्पसंख्यक र पछाडि पारिएका वर्गलाई पनि मूलधारमा ल्याउन जरुरी छ,” बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु