2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहाँ, के गर्दैछन् खोटाङका प्रतिनिधि र प्रदेशसभाका उम्मेद्वार ?

चिसाङ शेर्पा/मंसिर १६, खोटाङ । जिल्लामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सकिएको हप्तादिनको पेरीफेरीमा खोटाङका उम्मेद्वारहरु आफ्ना मतदातालाई फेसबुक तथा विभिन्न सञ्चार माध्यमबाट धन्यवाद दिदै दोश्रो चरण चुनावमा खट्न अन्य जिल्ला पुगेका छन् । 

खोटाङका अधिकांश शिर्षष्थ नेताहरु आफ्नो पार्टी जिताउन जिल्ला दौडाहामा निक्लिएका हुन् । नेकपा एमाले खोटाङका निवर्तमान सभासद तथा बाम गठबन्धनका प्रतिनिधिसभा उम्मेद्वार बिशाल भट्टराई पार्टी जिताउन उदयपुर पुगेका छन् । मंसिर १४ गते उदयपुर पुगेका भट्टराई  त्यहाँका राजनीतिक दलसँग भोट माग्दै चुनावीसभामा व्यास्त छन् । उनी २० गते जिल्ला फर्कने छन् ।

नेपाली कांग्रेसका नेतृ तथा निवर्तमान सभासद तथा लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उम्मेद्वार सरस्वती वजिमय कही कतै चुनावीसभा तथा अन्य जिल्ला गएका छैनन् । घाँटीमा ईन्फेक्सन र एलर्जीका शिकार भएकी वजिमय राजधानीमा उपचार गराईरहेकी छन । सफल उपचार गरेर बुधवार जिल्ला फर्कने बताउनुभयो । 

नयाँ शक्ति पार्टी खोटाङका प्रतिनिधिसभाका उम्मेद्वार मदन राइ चुनाबताका देखी निमोनियाले ग्रसित भएपछि हालसम्म काठमाण्डौमा उपचार गराईरहेका छन् । खोटाङको हकमा पे्रmस तथा पाको नेताका रुपमा परिचित कृषिविज्ञ राई मंसिर २१÷२२ मा एकदिन खोटाङ आउने बताउनुभयो ।

संघिय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा उम्मेद्वार डाः कृष्ण कुमार राई जिल्लामा चुनाव सकेको २ दिनपछि पार्टीलाई सघाउँन सुनसरीस्थित धरान पुगेका थिए । पार्टीलाई चारदिन सघाएर शनिवार काठमाण्डौ फर्केका राई चाँडै जिल्ला फर्कने बताए ।   

चुनावीसभालाई सघाउनका लागि नेपाली कांग्रेसका नेता, प्रदेशसभा (क) का उम्मेद्वार सुवास कुमार श्रेष्ठ मोरङ, प्रदेशसभा (ख) का उम्मेद्वार बिष्णुकुमार राई उदयपुरमा रहेका छन् । १९ गते जिल्ला फर्कने योजना रहेको उनीहरुले बताएका छन् । 

माओवादीका नेता तथा बाम गठबन्धन प्रदेशसभा (ख) का उम्मेद्वार राम कुमार राई (पासाङ) उदयपुर, एमालेका नेता तथा प्रदेशसभा (क) का उम्मेद्वार राजन राई ईलाममा सकेर मोरङमा छन् । आगामी मंगलवार जिल्ला फर्कदैछन् ।    

संघिय समाजवादी फोरम नेपालका प्रदेशसभा (क) का उम्मेद्वार नबिन राई ४ दिनदेखी धरानमा रहेका छन् । आफ्नो पार्टीलाई सघाउन त्यहाँ पुगेका राई २१ गते जिल्ला आउने बताए । प्रदेशसभा (ख) का उम्मेद्वार टंक थापा जिल्लामा नै रहेका छन् ।  

गत मंसिर १० गते ३२ जिल्ला र आगामी मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधि र प्रदेशसभाको चुनाव संकिएपछि नेपालभर एकसाथ भोट गणना हुनेछ । पार्टीका उम्मेद्वार, कार्यकर्ता, सरोकारवाला चुनाव कसले जित्ने भनेर ब्यग्र प्रतिक्षामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई