१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सेती-महाकालीमा काँग्रेसलाई जिताउनुस् फेरि प्रधानमन्त्री हुन्छु: देउवा

१६ मंसिर २०७४, शनिबार १३:३५

मङ्सिर १६, भीमदत्तनगर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेशसभामा सेती–महाकालीमा काँग्रेस विजयी भए आफू पुनः प्रधानमन्त्री हुने दाबी गर्नुभएको छ । 

बेलौरी, झलारी र भीमदत्तगरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले आफू एकपटक पुनः प्रधानमन्त्री भएर यहाँको पञ्चेश्वर परियोजना र पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण गरेर छाड्ने दृढता प्रकट गर्नुभयो । 

“पञ्चेश्वर परियोजनाको निर्माण कार्य थालनी हुने चरणमा छ, पश्चिम सेती ठेक्का नै भइसक्यो,” उहाँले भन्नुभयो – “यी दुई ठूला परियोजना बने प्रदेश नं ७ मुलुककै धनी प्रदेश बन्छ ।” 

महाकाली अञ्चल अस्पतालको स्तरोन्नति र मझागाउँ विमानस्थल सञ्चालन गर्ने वाचा गर्दै प्रधानमन्त्री देउवाले महाकाली नदीमा बनिरहेको चार लेनको पुल बनाएरै छाड्ने अठोट व्यक्त गर्नुभयो । सुदूरपश्चिमको विकासका लागि आफू जहिले पनि कटिबद्ध भएर लागेको र आगामी दिनमा समेत ठूला योजनाहरु ल्याएर विकास गरिने उहाँले बताउनुभयो । 

चुनाव सार्न खोज्यो भनेर विपक्षीले अनाहकमा हल्ला फैलाइरहेकामा उहाँले दुखेसो पनि पोख्नुभयो । सभामा काँग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू, नारायणप्रकाश साउद र रमेश लेखकलगायतले मन्तव्य राख्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु