२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सेती-महाकालीमा काँग्रेसलाई जिताउनुस् फेरि प्रधानमन्त्री हुन्छु: देउवा

२०७४, १६ मंसिर शनिबार १३:३५

मङ्सिर १६, भीमदत्तनगर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेशसभामा सेती–महाकालीमा काँग्रेस विजयी भए आफू पुनः प्रधानमन्त्री हुने दाबी गर्नुभएको छ । 

बेलौरी, झलारी र भीमदत्तगरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले आफू एकपटक पुनः प्रधानमन्त्री भएर यहाँको पञ्चेश्वर परियोजना र पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण गरेर छाड्ने दृढता प्रकट गर्नुभयो । 

“पञ्चेश्वर परियोजनाको निर्माण कार्य थालनी हुने चरणमा छ, पश्चिम सेती ठेक्का नै भइसक्यो,” उहाँले भन्नुभयो – “यी दुई ठूला परियोजना बने प्रदेश नं ७ मुलुककै धनी प्रदेश बन्छ ।” 

महाकाली अञ्चल अस्पतालको स्तरोन्नति र मझागाउँ विमानस्थल सञ्चालन गर्ने वाचा गर्दै प्रधानमन्त्री देउवाले महाकाली नदीमा बनिरहेको चार लेनको पुल बनाएरै छाड्ने अठोट व्यक्त गर्नुभयो । सुदूरपश्चिमको विकासका लागि आफू जहिले पनि कटिबद्ध भएर लागेको र आगामी दिनमा समेत ठूला योजनाहरु ल्याएर विकास गरिने उहाँले बताउनुभयो । 

चुनाव सार्न खोज्यो भनेर विपक्षीले अनाहकमा हल्ला फैलाइरहेकामा उहाँले दुखेसो पनि पोख्नुभयो । सभामा काँग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू, नारायणप्रकाश साउद र रमेश लेखकलगायतले मन्तव्य राख्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल