पर्वत/प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्वतमा दलहरुले अन्य दलका कार्यकर्ता प्रबेश गराउने होडबाजी नै चलेको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत/प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्वतमा दलहरुले अन्य दलका कार्यकर्ता प्रबेश गराउने होडबाजी नै चलेको छ ।
१० माघ २०८२, शुक्रबार
पर्बत - PBT

पर्वतमा काँग्रेसको गण रित्तिदै गएपछि बामगठबन्धनको जित सुनुश्चित काँग्रेसलाई ठूलै धक्का

१७ मंसिर २०७४, आईतवार ०६:०३

पर्वत/प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्वतमा दलहरुले अन्य दलका कार्यकर्ता प्रबेश गराउने होडबाजी नै चलेको छ ।
चुनाबमा आफ्नो पक्षमा जनमत सृजना गराउन कार्यकर्ता प्रबेश गराउने क्रममा बाम गठबन्धन सबैभन्दा अगाडी देखिएको छ । एमालेले शनिबार एकै दिनमा कुस्मा नगरपालिका र मोदीगाउँपालिकामा गरि नेपाली कांग्रेसका तीन सय नेता कार्यकर्ता पार्टीमा प्रबेश गराएको छ ।
संयुक्त बाम गठबन्धनले कुस्मा नगरपालिका वडा नं १४ मा आयोजना गरेको चुनाबी कोणसभामा नेपाली कांग्रेसका गाउँ कार्यसमिति सदस्य गोपाल रिमाल सहित ६० जना कार्यकर्ता एमालेमा प्रबेश गरेका छन ।

रिमाल सहित नेपाली कांग्रेसको भातृसंगठन तरुण दलका स्थानिय युवाहरुलाई एमाले केन्द्रिय सदस्य तथा प्रदेशसभाका समानुपातिक उमेदवार बिजय गुरुङ्ग, माओबादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेशसभाका उमेदवार नेत्र अधिकारी, एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधीसभाका उमेदवार पदम गिरी लगायतले माला र टिका लगाएर पार्टी प्रबेश गराएका थिए । युवाहरुलाई एमाले प्रबेश गरेपछि आर्थर डाडाँखर्कमा नेपाली कांग्रेस धेरै कम्जोर भएको र बामगठबन्धनको पक्षमा माहौल सृजना भएको युवा संघ पर्वतका सदस्य सुनिल बानियाँले बताए ।

यसैगरी कुस्मा नगरपालिका वडा नं १२ ठुलीपोखरीमा १ सय ५० जना भन्दा बढी नेपाली कांग्रेसका नेता कार्यकर्ता पनि एमालेमा प्रबेश गरेका छन । पुर्व वडा अध्यक्ष देबीप्रसाद सापकोटा, देउनारायण सापकोटा, इश्वर बहादुर बिक, खाडे कामी लगायतका नेपाली कांग्रेसका नेता कार्यकर्ता प्रबेश गरेका छन । बाम गठबन्धनका उमेदवारहरुलाई डेढ घण्टा सम्म प्रबेश गर्नेहरुलाई टिका लगाउन समय लागेको थियो । हिजो पनि बामपन्थीको आधार इलाका रहेको ठुलीपोखरीमा नेपाली कांग्रेस असाध्यै कम्जोर बनेको एमाले गाउँ कमिटीका सचिब भरत सापकोटाले बताए । कुस्मा नगरपालिका वडा नं १३ खौला लाँकुरीमा पनि १३ जना भन्दा बढी युवाहरु एमालेमा प्रबेश गरेका थिए ।

भूकमा रित्तिदै कांग्रेस, राती १० बजे सम्म टिका लगाउँदै पदम गिरी
पर्वतको मोदीगाउँपालिका वडा नं १ भूक देउराली र झिलीबराङ्गबाट डेढ सय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रबेश गरेपछि नेपाली कांग्र्रेसलाई ठुलो झड्का लागेको छ ।

नेपाली कांग्रेसले स्थानिय तहको चुनाबमा वडाका सबै पद जितेको नेपाली कांग्रेसका डेढ सय भन्दा बढी कार्यकर्ता पार्टी प्रति असन्तुष्ट हुँदै एमालेमा प्रबेश गरेका छन । प्रबेश गर्नेहरुमा मुक्त गुरुङ्ग, स्थानिय युवा क्लबका अध्यक्ष र सदस्यहरु तथा नेपाली कांग्रेसका बिभिन्न तहमा रहेका कार्यकर्ताहरु रहेका छन । शुक्रबार साँझ शुरु भएको कार्यक्रममा राती १० बजे सम्म एमालेमा प्रबेश गर्नेहरुलाई प्रतिनिधीसभाका उमेदवार पदम गिरीले टिका लगाएका थिए । भूकदेउराली गाउँ कांग्रेसको गढको रुपमा मानिन्थ्यो तर अब एमालेको किल्ला बनेको एमालेका केन्द्रिय उपभोक्ता हित संरक्षण बिभागका सदस्य लक्ष्मण गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु