१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

प्रचण्ड र बाम गठबन्धनको समाचार प्रसारण गर्न प्रतिवन्ध !

१७ मंसिर २०७४, आईतवार ०९:५१

मङ्सिर १७, चितवन | चितवनको भरतपुरस्थिति मध्ये नेपालकै ठुलो भन्दै प्रसारण हुने कालिका एफएमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समाचारमा रोक लगाएको खुलाशा भएको छ ।

कालिका एफएम बन मन्त्री तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार विक्रम पाण्डेको लगानीमा संचालित एफएम हो । प्रचण्ड तथा बामगठबन्धन सम्बन्धि समाचार प्रसारणमा रोक लगाइएको बिषयमा एफएममै कार्यरत एक कर्मचारीले बताएको बिषयमा आज बिहान समाचार आएपछी सामाजिक संजालमा बिभिन्न प्रतिक्रिया आएका छन् । 

कालिका एफएमले एक हप्तादेखि  बिक्रम पाण्डे र लोकतान्त्रिक गठबन्धनका समाचारहरु मात्रै बजाएको भन्दै आरोप लगाइएको छ । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग पाण्डेको प्रतिस्पर्धा हुँदैछ । राप्रपाका पाण्डे  लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार हुन् भने प्रचण्ड वाम गठबन्धनबाट उम्मेदवार रहेका छन् । 

एफएमले बाम गठबन्धनको समाचार नदिने भन्दै चितवन तथा नवलपरासीका बम गठबन्धनका उम्मेदवारले समेत आरोप लगाएका छन् । संचार माध्यमले नै समाचार प्रसारणमा भेदभाव गरेपछि आचारसंहिता विपरीत भन्दै एफएममा नै प्रतिबन्ध लगाउनुपर्ने आवाज उठाईएको छ ।

'बाम गठबन्धनको सरकार आए जनताले रुन पनि नपाउने भन्दै भाषण गर्दै आउनेहरुले जनताको सूचना पाउने अधिकार नै बन्चित गरेर आफ्नो भित्री ब्यबहार देखाइएको छ' नवलपुर १ बाट प्रतिनिधि सभा उम्मेदवार भविसोर पराजुलीले बताए । यस्तै यस बिषयमा समाचार बाहिरिए पछी चितवनका सरोकारवाला निकायहरु र नेपाल पत्रकार महासंघ, प्रेस चौतारी लगायतले ध्यानाकर्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु