२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

प्रचण्ड र बाम गठबन्धनको समाचार प्रसारण गर्न प्रतिवन्ध !

२०७४, १७ मंसिर आईतवार ०९:५१

मङ्सिर १७, चितवन | चितवनको भरतपुरस्थिति मध्ये नेपालकै ठुलो भन्दै प्रसारण हुने कालिका एफएमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समाचारमा रोक लगाएको खुलाशा भएको छ ।

कालिका एफएम बन मन्त्री तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार विक्रम पाण्डेको लगानीमा संचालित एफएम हो । प्रचण्ड तथा बामगठबन्धन सम्बन्धि समाचार प्रसारणमा रोक लगाइएको बिषयमा एफएममै कार्यरत एक कर्मचारीले बताएको बिषयमा आज बिहान समाचार आएपछी सामाजिक संजालमा बिभिन्न प्रतिक्रिया आएका छन् । 

कालिका एफएमले एक हप्तादेखि  बिक्रम पाण्डे र लोकतान्त्रिक गठबन्धनका समाचारहरु मात्रै बजाएको भन्दै आरोप लगाइएको छ । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग पाण्डेको प्रतिस्पर्धा हुँदैछ । राप्रपाका पाण्डे  लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार हुन् भने प्रचण्ड वाम गठबन्धनबाट उम्मेदवार रहेका छन् । 

एफएमले बाम गठबन्धनको समाचार नदिने भन्दै चितवन तथा नवलपरासीका बम गठबन्धनका उम्मेदवारले समेत आरोप लगाएका छन् । संचार माध्यमले नै समाचार प्रसारणमा भेदभाव गरेपछि आचारसंहिता विपरीत भन्दै एफएममा नै प्रतिबन्ध लगाउनुपर्ने आवाज उठाईएको छ ।

'बाम गठबन्धनको सरकार आए जनताले रुन पनि नपाउने भन्दै भाषण गर्दै आउनेहरुले जनताको सूचना पाउने अधिकार नै बन्चित गरेर आफ्नो भित्री ब्यबहार देखाइएको छ' नवलपुर १ बाट प्रतिनिधि सभा उम्मेदवार भविसोर पराजुलीले बताए । यस्तै यस बिषयमा समाचार बाहिरिए पछी चितवनका सरोकारवाला निकायहरु र नेपाल पत्रकार महासंघ, प्रेस चौतारी लगायतले ध्यानाकर्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल