2026-08-31 03:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

प्रचण्ड र बाम गठबन्धनको समाचार प्रसारण गर्न प्रतिवन्ध !

मङ्सिर १७, चितवन | चितवनको भरतपुरस्थिति मध्ये नेपालकै ठुलो भन्दै प्रसारण हुने कालिका एफएमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समाचारमा रोक लगाएको खुलाशा भएको छ ।

कालिका एफएम बन मन्त्री तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार विक्रम पाण्डेको लगानीमा संचालित एफएम हो । प्रचण्ड तथा बामगठबन्धन सम्बन्धि समाचार प्रसारणमा रोक लगाइएको बिषयमा एफएममै कार्यरत एक कर्मचारीले बताएको बिषयमा आज बिहान समाचार आएपछी सामाजिक संजालमा बिभिन्न प्रतिक्रिया आएका छन् । 

कालिका एफएमले एक हप्तादेखि  बिक्रम पाण्डे र लोकतान्त्रिक गठबन्धनका समाचारहरु मात्रै बजाएको भन्दै आरोप लगाइएको छ । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग पाण्डेको प्रतिस्पर्धा हुँदैछ । राप्रपाका पाण्डे  लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार हुन् भने प्रचण्ड वाम गठबन्धनबाट उम्मेदवार रहेका छन् । 

एफएमले बाम गठबन्धनको समाचार नदिने भन्दै चितवन तथा नवलपरासीका बम गठबन्धनका उम्मेदवारले समेत आरोप लगाएका छन् । संचार माध्यमले नै समाचार प्रसारणमा भेदभाव गरेपछि आचारसंहिता विपरीत भन्दै एफएममा नै प्रतिबन्ध लगाउनुपर्ने आवाज उठाईएको छ ।

‘बाम गठबन्धनको सरकार आए जनताले रुन पनि नपाउने भन्दै भाषण गर्दै आउनेहरुले जनताको सूचना पाउने अधिकार नै बन्चित गरेर आफ्नो भित्री ब्यबहार देखाइएको छ’ नवलपुर १ बाट प्रतिनिधि सभा उम्मेदवार भविसोर पराजुलीले बताए । यस्तै यस बिषयमा समाचार बाहिरिए पछी चितवनका सरोकारवाला निकायहरु र नेपाल पत्रकार महासंघ, प्रेस चौतारी लगायतले ध्यानाकर्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो