२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा वामगठबन्धन २६ हजार भन्दा बढि मतले अगाडी

२०७४, १७ मंसिर आईतवार १०:२८

प्रेम सुनार | मंसिर –१७, गुल्मी । गुल्मी जिल्लाको दुई वटा निर्वाचन क्षेत्रमा वामगठबन्धनका उमेदवारहरु २६ हजार भन्दा बढि मतले अगाडी रहेको दावा गरिएको छ । 

क्षेत्र नम्वर १ मा स्थानिय तहको निर्वाचनको आंकलन गर्दा वामगठबन्धन १२ हजार ८ सय मतले अगाडी थिए । क्षेत्र नम्वर १ का चार वटा गाउँपालिकामा स्थानिय तहको निर्वाचनमा कांग्रेसले माओवादी केन्द्र संग तालमेल गरेर प्रमुख पद र केहि वडा जिते पनि एमाले एक्लैले सवै उप प्रमुख र अधिकांस वडा जितेको थियो । अहिले माओवादी केन्द्र र एमालेको मात्र होईन क्षेत्र नम्वर १ मा   नेकपा माले, राष्ट्रिय जनमोर्चाको समेत साथ रहेको छ । झण्डै ३ हजार भन्दा बढि मतदाता विभिन्न पार्टी परित्याग गरी वामगठबन्धनमा प्रवेश गरेका छन् त्यस क्षेत्रको रिर्पोटिङ्गमा खटेका पत्रकार सुदन ज्ञवालीले भने स्थानिय तहको उक्त मत संख्यामा तिन देखि चार हजार थपिने आंकलन वामगठबन्धनका नेताहरुको छ । 

वामगठबन्धन निर्वाचन परिचालन समिति प्रदेश १ का संयोजक युवाराज केसीले  सुदर्शन वराल उमेदवार रहेको उक्त प्रदेशमा मात्र वाम गठबन्धन ७ हजार भन्दा बढि मतले अगाडी रहेको छ । त्यस क्षेत्रमा वामगठबन्धन वलियो शक्ति बन्दै गएका कारण जनलहर वलियो शक्ति तिरै लामबद्ध हुँदै गएको नेताहरुको दावी छ ।  प्रदेश ख मा कमलराज श्रेष्ठ पनि प्रदेश १ कै मतान्तरले विजयी हुने  दावी गरिदै आएको छ ।  देश कै प्रभावशाली नेता प्रदिपकुमार ज्ञवालीलाई प्रतिनिधी सभाका लागि वाम पन्थीहरुबाट मात्र नभई  अन्य दलबाट व्यक्तिगत मत पनि आउने बताईन्छ । 

यता क्षेत्र नम्वर २ मा साविको क्षेत्र नम्वर ३ । २०५१ साल देखि वामपन्थीहरुले लालकिल्ला बनाउँदै आएको क्षेत्र हो । त्यस क्षेत्रमा खटेका पत्रकार शिवलाल सुवेदीका अनुसार  स्थानिय तहको निर्वाचनमा १३ हजार मतले अगाडी रहेको वामगठबन्धनको मत  यो निर्वाचनको घर दैलो कार्यक्रमका क्रममा  प्रतिनिधी सभाका उमेदवार गोकर्णराज विष्टले विभिन्न दलबाट झण्डै चार हजार जना कार्यकर्ता वामगठबन्धनमा प्रवेश गराई सकेका छन् ।  त्यस क्षेत्रको प्रदेश १ मा खड्ग केसी र प्रदेश २ मा दिनेश पन्थी प्रतिको जनलहर बढ्दो छ । यता लोकतान्त्रिक गठबन्धनले पनि आफ्नो उमेदवारहरु विजयी हुने दावी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल