२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा वामगठबन्धन २६ हजार भन्दा बढि मतले अगाडी

१७ मंसिर २०७४, आईतवार १०:२८

प्रेम सुनार | मंसिर –१७, गुल्मी । गुल्मी जिल्लाको दुई वटा निर्वाचन क्षेत्रमा वामगठबन्धनका उमेदवारहरु २६ हजार भन्दा बढि मतले अगाडी रहेको दावा गरिएको छ । 

क्षेत्र नम्वर १ मा स्थानिय तहको निर्वाचनको आंकलन गर्दा वामगठबन्धन १२ हजार ८ सय मतले अगाडी थिए । क्षेत्र नम्वर १ का चार वटा गाउँपालिकामा स्थानिय तहको निर्वाचनमा कांग्रेसले माओवादी केन्द्र संग तालमेल गरेर प्रमुख पद र केहि वडा जिते पनि एमाले एक्लैले सवै उप प्रमुख र अधिकांस वडा जितेको थियो । अहिले माओवादी केन्द्र र एमालेको मात्र होईन क्षेत्र नम्वर १ मा   नेकपा माले, राष्ट्रिय जनमोर्चाको समेत साथ रहेको छ । झण्डै ३ हजार भन्दा बढि मतदाता विभिन्न पार्टी परित्याग गरी वामगठबन्धनमा प्रवेश गरेका छन् त्यस क्षेत्रको रिर्पोटिङ्गमा खटेका पत्रकार सुदन ज्ञवालीले भने स्थानिय तहको उक्त मत संख्यामा तिन देखि चार हजार थपिने आंकलन वामगठबन्धनका नेताहरुको छ । 

वामगठबन्धन निर्वाचन परिचालन समिति प्रदेश १ का संयोजक युवाराज केसीले  सुदर्शन वराल उमेदवार रहेको उक्त प्रदेशमा मात्र वाम गठबन्धन ७ हजार भन्दा बढि मतले अगाडी रहेको छ । त्यस क्षेत्रमा वामगठबन्धन वलियो शक्ति बन्दै गएका कारण जनलहर वलियो शक्ति तिरै लामबद्ध हुँदै गएको नेताहरुको दावी छ ।  प्रदेश ख मा कमलराज श्रेष्ठ पनि प्रदेश १ कै मतान्तरले विजयी हुने  दावी गरिदै आएको छ ।  देश कै प्रभावशाली नेता प्रदिपकुमार ज्ञवालीलाई प्रतिनिधी सभाका लागि वाम पन्थीहरुबाट मात्र नभई  अन्य दलबाट व्यक्तिगत मत पनि आउने बताईन्छ । 

यता क्षेत्र नम्वर २ मा साविको क्षेत्र नम्वर ३ । २०५१ साल देखि वामपन्थीहरुले लालकिल्ला बनाउँदै आएको क्षेत्र हो । त्यस क्षेत्रमा खटेका पत्रकार शिवलाल सुवेदीका अनुसार  स्थानिय तहको निर्वाचनमा १३ हजार मतले अगाडी रहेको वामगठबन्धनको मत  यो निर्वाचनको घर दैलो कार्यक्रमका क्रममा  प्रतिनिधी सभाका उमेदवार गोकर्णराज विष्टले विभिन्न दलबाट झण्डै चार हजार जना कार्यकर्ता वामगठबन्धनमा प्रवेश गराई सकेका छन् ।  त्यस क्षेत्रको प्रदेश १ मा खड्ग केसी र प्रदेश २ मा दिनेश पन्थी प्रतिको जनलहर बढ्दो छ । यता लोकतान्त्रिक गठबन्धनले पनि आफ्नो उमेदवारहरु विजयी हुने दावी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…