२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा काग्रेसले निकाल्यो कर्मचारी नियुक्तिमा विवाद, कर्मचारीहरुद्वारा चेतावानी !

२०७४, १७ मंसिर आईतवार १०:३२

प्रेम सुनार | मङ्सिर १७, गुल्मी | मुख्य   निर्वाचन अधिकृतको कार्यालय गुल्मीमा  हिजो विहान देखि नियुक्ति पत्र दिएर कार्य क्षेत्रमा पठाउनु पर्ने कर्मचारीहरुलाई  अहिले सम्म नियुक्ति दिईएको छैन् । नेपाली कांग्रेसले एकलौटी ढंगबाट खटाईएको आरोप लगाउँदै विवाद निकाले पछि हिजो देखि अहिले सम्म कर्मचारीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडी  उभिएर सास्ती खेप्नु परेको हो । 

हिजो विहानै करिव ९ वजे देखि कार्यालय अगाडी उभाईएका कर्मचारीहरु हिजो साँझ अवेर सम्म पनि लाईन मै थिए । आज विहान ७ वजे देखि पनि उभिएका छन् । तर हिजो साँझ नेपाली कांग्रेसले वामगठबन्धन निकट कर्माचारीहरुलाई ३०÷ ३२ ठाउँमा आफु निकट कर्मचारी नमिसाई एकलौटी ढंगले खटाएको पाईए पछि मिलाएर पठाउन माग गरिएको कांग्रेस सचिव खिलध्वज पन्थीले बताए ।

‘निर्वाचन निष्पक्ष र धाधली रहित होस भन्ने पक्षमा हामी छौं’–नेता पन्थीले भने–‘तर सुनियोजित ढंगले कर्मचारी संगठनका कर्मचारीहरुलाई एकलौटी ढंगले खटाएको पाईए पछि मिक्स गरेर पठाउँदा निष्पक्ष हुन्छ भन्ने हाम्रो माग हो । ’ कांग्रेस निकट कर्मचारीहरुका नेता जयश्वर पन्थीले भने नेपाल कर्मचारी संघको कुनै आपत्ती नरहेको, त्यो केवल दलहरु विचको राजनैतिक मुद्धा मात्रै बनाईएको प्रतिकृया दिए । 


हिजो देखि उभिएका सयौं कर्मचारीहरु आक्रोषित भएका छन् । संघ निकट कर्मचारीहरुले समेत  आफुहरु कुनै दल विशेषको दास नभई  नेपाल सरकारको कर्मचारी भएकोले राजनैतिक हस्तक्षेप बन्द गर्न चेतावानी दिएका छन् । 

‘हामी नेपाल सरकारका राष्ट्र सेवक कर्मचारी हौं , अहिले निर्वाचनको मुखमा आएर हामीहरुलाई राजनैतिक रङ दिन खोज्नु भनेको कतै निर्वाचन नहोस् भन्ने षडयन्त्र त होईन ?  सारा कर्मचारीहरुले एकै स्वरमा यस्तो प्रति प्रश्न गर्दै भने–‘ कुनै पाटी वा संगठनले खटाउने होईन निर्वाचन आयोगले खटाउने हो । ’

जो जसले जुन राजनैतिक दलमा आश्था राख्ने भए पनि आजको यस विवादमा कर्माचारीहरु एक जुट देखिन्थे । ’कर्मचारी नियुक्तिमा राजनैतिक हस्तक्षेप बन्द गर. जस्ता नारावाजी गर्न कर्माचारीले थाले पछि मुख्य निर्वाचन अधिकृतको कार्यालय  तनाव ग्रस्त बनेको थियो ।

आज विहानै नेपाली कांग्रेसका नेताद्धयः तथा क्रमशः क्षेत्र नम्वर १ र २ का प्रतिनिधी सभा उमेदवार पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आपत्ती जनाउँदै फर्किएका थिए । कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठ, वामगठबन्धनबाट एमाले नेता जंग नेपाली लगायत सो कार्यालयमा बसेर विवाद मिलाउने प्रयास गरेका थिए ।

तर जव नारावाजी सुरु भए पछि  मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले दुई पक्षका कर्मचारीहरुका नेता राखेर मिलाउने प्रयासमा जुटेका छन् । प्रतिकृया माग्न खोज्दा मुख्य निर्वाचन अधिकृत न्यौपानेले आफु मिलाउने कार्यमा व्यस्त भएका कारण प्रमुख जिल्ल्ला अधिकारीको प्रतिकृया लिन आग्रह गरे । 

प्रमुख जिल्ला अधिकारी अर्यालले कर्मचारी नियुक्तका विषयमा आफुलाई  केहि थाह नहुने, उठाईएको विवादलाई समाधान गर्न मुख्य निर्वाचन अधिकृत व्यस्त रहेको  प्रतिकृया दिए । वामगठबन्धनका नेता जंग नेपालीले भने–‘  अन्तिम समयमा आएर त्यस्तो विवाद निकाल्दा अरु थुप्रै समस्या सिर्जना हुने भएकोले निर्वाचन आयोगले जसरी  खटाउने विधी र प्रकृया छ त्यसरी नै खटाउनु पर्छ अन्यथा यताउति गराउन थाले झन जटिल  हुन्छ ।’

श्रोतको अनुसार हिजो केहि स्थानहरुका लागि विवाद भए पछि  अन्तिम विधीका रुपमा दलका सवै  गोला प्रथा   गरिएको  थियो । गोला दलका प्रतिनिधीहरुले थुते पछि सोही अनुरुप खटाईन लागेका कर्मचारीहरुलाई पछि कांग्रेसले अस्वीकार गरे पछि विवाद चुलिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा