१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ १ मा राजमोद्वारा उम्मेद्वारी फिर्ता, अनिल शर्मालाई समर्थन

१७ मंसिर २०७४, आईतवार ११:२७

मंसिर १७, काठमाडौँ | राष्ट्रिय जनमोर्चा (राजमो)नेपालबाट काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार डा निर्मलकुमार थापाले सो क्षेत्रका वाम गठबन्धनका उम्मेदवार अनिलकुमार शर्मालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार थापाले वाम आन्दोलनलाई अगाडि बढाउन र वाम गठबन्धनको नेतृत्वमा स्थायी सरकार बनाउन भूमिका खेल्नुपर्ने आवश्यकता महसुस गरी आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभयो । 

तश्विरमा: काठमाडौँ १ का बाम उम्मेदवार अनिल शर्मा 

आफ्ना प्रस्तावक, समर्थक तथा सो क्षेत्रका सबै मतदातालाई नेकपा(माओवादी केन्द्र)का उम्मेदवार शर्मालाई नै मतदान गर्न उहाँले आग्रह गर्नुभयो । आफ्नो उम्मेदवारी फिर्ताबारे पार्टीको नेतृत्वलाई जानकारी गराएको तर पार्टी निर्णय भने हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । 

यस्तै काठमाडौँ क्षेत्र नं १ का प्राध्यापक, बुद्धिजीवीको भेलाले वाम उम्मेदवार शर्मालाई मतदान गर्ने निर्णय गरेको जानकारी प्राडा राममान श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

अस्थिर सरकारबाट भोग्नुपरेका समस्याको अन्त्यका लागि वाम गठबन्धनका प्रतिनिधिलाई विजयी गराई राष्ट्रको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वाससहित सो क्षेत्रका १०५ जना प्राध्यापकको भेलाले शर्मालाई गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । 

पत्रकार सम्मेलनमा सो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार शर्माले जनमोर्चाका उम्मेदवार डा थापाको समर्थन र बुद्धिजीवीको समर्थनले आफूलाई थप हौसला बढेको भन्दै आफ्नो जित निश्चित रहेको बताउनुभयो । 

देश विकासका लागि युवालाई नेतृत्वमा ल्याउनुको विकल्प नरहेको भन्दै स्थिरता, विकास र समृद्धिका लागि आफूलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । 

काठमाडौँ क्षेत्र नं १ लाई धुवाँधुलोमुक्त, विषदिमुक्त बनाउन, नियमित खानेपानी, शैक्षिक केन्द्रका रुपमा विकास, सफा वाग्मती र धोबीखोला, वृद्धवृद्धालाई घरमै स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षाभत्ताजस्ता विषय आफ्नो एजेण्डा रहेको उहाँले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु