मंसिर १५, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाँदरमुढे घटनाका पीडितसँग तीनबुँदे लिखित सहमति गरेका छन् ।

प्रचण्डले आइतबार माडीमा चुनावी सभा हुनुअघि बाँदरमुढे घटनाका पीडितसँग तीनबुँदे सहमति गरेका हुन । त्यहाँका उम्मेदवार समेत दाहालले बाँदरमुढे घटनामा मृत्यु भएकाको आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगारी तथा स्वरोजगार, काम गर्न नसक्नेका लागि जीवनवृत्ति र बालबालिकाकालाई पठनपाठनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै घाइतेहरुकालाई अवस्था हेरी उपचार खर्च, काम गर्न सक्नेलाई रोजगारी र नसक्नेलाई जीवनवृत्ति दिने सहमति छ । घटना भएदेखि अहिलेसम्मको उपचार खर्च, मृतक तथा घाइतेको परिवारमा परेको आर्थिक क्षति र बालबालिकाको पठनपाठन खर्च परिपुरण गर्न पीडितका तर्फबाट ३ जना, माओवादी केन्द्रबाट ३ जना माडी नगरपालिकाबाट एक जना मध्यस्थकर्ता रहेको छानविन समिति बनाउने सहमति पनि भएको छ ।

सहमतिमा बाँदरमुढेमा १० विगाह क्षेत्रफलमा स्मारक, नमूना संग्राहलय तथा चिडियाघर निर्माढा गर्ने र माडीकै प्रमुख पर्यटकीय स्थल बनाउने सहमति पनि प्रचण्ड र पीडितहरुबीच भएको छ । सहमतिपत्रमा प्रचण्ड र पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, विकास लामिछाने र हरि न्यूरेले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमति पत्र