पर्वत । निर्वाचन आउँन चार दिन मात्रै बाँकी रहँदा पर्वतमा नेपाली काँग्रेसले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाईएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । निर्वाचन आउँन चार दिन मात्रै बाँकी रहँदा पर्वतमा नेपाली काँग्रेसले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाईएको छ ।
१० माघ २०८२, शुक्रबार
पर्बत - PBT

विपिको समाजबाद भुलेको काँग्रेसले लोकतन्त्रलाई पनि भुलेपछि… 

१७ मंसिर २०७४, आईतवार १३:००

पर्वत । निर्वाचन आउँन चार दिन मात्रै बाँकी रहँदा पर्वतमा नेपाली काँग्रेसले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाईएको छ ।
मौन अवधि लागु हुनु भन्दा एक दिन अघि सदरमुकाम कुश्माबजारको मुख्य सडकमा उम्मेदवारको तस्विर रहेको प्रचार सामाग्रीको झण्डा, सार्वजनिक स्थल र विद्युतका पोलहरुमा प्रचार सामाग्री टाँस गरेर आचारसंहिताको उल्लंघन गरेको हो । आचारसंहिता भन्दा ठुला पोष्टहरु प्रकाशन गरी बजारका चोक चोकमा र मुख्य निर्वाचन अधिकृतको कार्यालय भन्दा झण्ढै २ सय मिटर नजिकै सार्वजनिक स्थलहरुमा समेत टाँस गरिएको छ ।

यस अघिका प्रचार प्रसारका शैलि सामान्य रहेपनि पछिल्लो समय नेपाली काँग्रेसले सदरमुकाममा मात्र नभई गाउँ गाउँमा रहेका सार्वजनिक स्थलहरुमा पनि प्रचार सामाग्री टाँस गरेर तडकभडक देखाएको गुनासो अन्य राजनीतिक दलहरुको छ । निर्वाचन आयोगमा आचारसंहिताको पालना गर्ने भनेर सवै राजनीतिक दलहरुले प्रतिवद्धता गरेपनि त्यो हुन नसकेको पाइएको छ ।

यस विषयमा मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले आचार संहिता विपरीत प्रचार प्रसार सामाग्रीहरु टाँस गरेको उजुरीका आधारमा हटाउन लगाइएको बताउनुभयो । उहाँले पहिला जसले टाँस गरेको हो उसैलाई हटाउन भनिएको र नहटाएमा सुरक्षा कर्मि लगाएर भएपनि हटाउने बताउनुभयो ।
अन्य जिल्ला जस्तो आचार संहिताका उजुरीहरु पर्वतमा नपरेको भएपनि राजनीतिक दलहरुवाटै एक अर्काका बारेमा मौखिक गुनासाहरु भने बढिनै मात्रामा आएको बताउनुभयो । उहाँले निर्वाचनको सवैजसो तयारीहरु पुँरा भैरहँदा पर्वतमा अहिलेसम्म अप्रिय घटना नघटेको र शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रयास भैरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु