पर्वत । निर्वाचन आउँन चार दिन मात्रै बाँकी रहँदा पर्वतमा नेपाली काँग्रेसले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाईएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । निर्वाचन आउँन चार दिन मात्रै बाँकी रहँदा पर्वतमा नेपाली काँग्रेसले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाईएको छ ।
२०८२, ३० चैत्र सोमबार
पर्बत - PBT

विपिको समाजबाद भुलेको काँग्रेसले लोकतन्त्रलाई पनि भुलेपछि… 

२०७४, १७ मंसिर आईतवार १३:००

पर्वत । निर्वाचन आउँन चार दिन मात्रै बाँकी रहँदा पर्वतमा नेपाली काँग्रेसले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाईएको छ ।
मौन अवधि लागु हुनु भन्दा एक दिन अघि सदरमुकाम कुश्माबजारको मुख्य सडकमा उम्मेदवारको तस्विर रहेको प्रचार सामाग्रीको झण्डा, सार्वजनिक स्थल र विद्युतका पोलहरुमा प्रचार सामाग्री टाँस गरेर आचारसंहिताको उल्लंघन गरेको हो । आचारसंहिता भन्दा ठुला पोष्टहरु प्रकाशन गरी बजारका चोक चोकमा र मुख्य निर्वाचन अधिकृतको कार्यालय भन्दा झण्ढै २ सय मिटर नजिकै सार्वजनिक स्थलहरुमा समेत टाँस गरिएको छ ।

यस अघिका प्रचार प्रसारका शैलि सामान्य रहेपनि पछिल्लो समय नेपाली काँग्रेसले सदरमुकाममा मात्र नभई गाउँ गाउँमा रहेका सार्वजनिक स्थलहरुमा पनि प्रचार सामाग्री टाँस गरेर तडकभडक देखाएको गुनासो अन्य राजनीतिक दलहरुको छ । निर्वाचन आयोगमा आचारसंहिताको पालना गर्ने भनेर सवै राजनीतिक दलहरुले प्रतिवद्धता गरेपनि त्यो हुन नसकेको पाइएको छ ।

यस विषयमा मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले आचार संहिता विपरीत प्रचार प्रसार सामाग्रीहरु टाँस गरेको उजुरीका आधारमा हटाउन लगाइएको बताउनुभयो । उहाँले पहिला जसले टाँस गरेको हो उसैलाई हटाउन भनिएको र नहटाएमा सुरक्षा कर्मि लगाएर भएपनि हटाउने बताउनुभयो ।
अन्य जिल्ला जस्तो आचार संहिताका उजुरीहरु पर्वतमा नपरेको भएपनि राजनीतिक दलहरुवाटै एक अर्काका बारेमा मौखिक गुनासाहरु भने बढिनै मात्रामा आएको बताउनुभयो । उहाँले निर्वाचनको सवैजसो तयारीहरु पुँरा भैरहँदा पर्वतमा अहिलेसम्म अप्रिय घटना नघटेको र शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रयास भैरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल