सास । मंसिर १७, बर्दिया ।
    राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत कर्मचारी भोट माग्दै गाउँ गाउँ हिडेका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १७, बर्दिया ।
    राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत कर्मचारी भोट माग्दै गाउँ गाउँ हिडेका छन् ।

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

मानवअधिकारवादी भोट भाग्दै : आचारसंहिताको चरम उल्लङ्घन

२०७४, १७ मंसिर आईतवार १३:१४

सास । मंसिर १७, बर्दिया ।
    राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत कर्मचारी भोट माग्दै गाउँ गाउँ हिडेका छन् ।

गोलो घेरामा रहेका रवि नेपाली घरदैलो गर्दै गरेको अवस्थामा …….

    मानव अधिकार आयोगमा अधिकृतको पदमा कार्यरत बर्दियाको गुलरिया १ निवासी रवी नेपाली काँग्रेस पार्टीको पक्षमा भोट माग्दै घरदैलो गर्दै हिडेको फेला परेको हो ।
    रवि नेपाली स्थानीय तहको निर्वाचनमा समेत भोट माग्दै हिडेको सूचना समेत बाहिर आएको थियो । आयोगमा कार्यरत रवि नेपाली निर्वाचनको समयमा विदा मिलाएर घरमा आउने र नेपाली काँग्रेस पार्टीको प्रचार प्रसार गर्ने गरेको स्थानीयले बताउने गरेका छन् ।
    स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको झण्डा मुनी बसेर मत माग्दै हिडेका रवि नेपाली आगामी मंसिर २१ गते हुने प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पुनः भोट माग्दै खुलम खुल्ला घरदैलो गर्दै हिडेको स्थानीय गुलरिया नगरपालिका वडा नं. १ शंकरवस्तीका गोरख जैसीले बताए । अरुलाई मानव अधिकारको पाठ सिकाउने कर्मचारी नै यसरी राजनीतिक दलको खोल ओढेर मत माग्दै हिडेपछि स्थानीय जनताले मानव अधिकारकर्मीलाई हेर्ने दृष्टिकोणमा समेत गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।


    यसै विषयमा आयोगका प्रवक्ता डा. टिकाराम पोख्रेलसंग कुरा गर्दा राष्ट्रिय मानव अधिकार आयोगको कर्मचारी नियमावलीमा व्यवस्था भए अनुसार कर्मचारीले मताधिकारको प्रयोग गर्न पाउने भएपनि राजनीतिक दलको प्रचार प्रसार गर्न पाउने व्यवस्था नभएको बताउनुभयो । उहाँले भन्नुभयो –‘यदि त्यस्तो गरेको भए आयोगको कर्मचारी नियमावली अनुसार कार्वाही हुन्छ ।’
    राष्ट्रिय मानव अधिकार आयोगको कर्मचारी जस्तो व्यक्तिले खुल्ला प्रचार प्रसार किन गरेको भन्ने प्रश्नमा रवि नेपालीले भने –‘आफु नेता पनि होईन प्रचार प्रसार पनि नगरेको भन्दै प्रचार प्रसार गरेको भन्ने आरोप झुठा भएको बताए ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल