सास । मंसिर १७, बर्दिया ।
    राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत कर्मचारी भोट माग्दै गाउँ गाउँ हिडेका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १७, बर्दिया ।
    राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत कर्मचारी भोट माग्दै गाउँ गाउँ हिडेका छन् ।

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

मानवअधिकारवादी भोट भाग्दै : आचारसंहिताको चरम उल्लङ्घन

१७ मंसिर २०७४, आईतवार १३:१४

सास । मंसिर १७, बर्दिया ।
    राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत कर्मचारी भोट माग्दै गाउँ गाउँ हिडेका छन् ।

गोलो घेरामा रहेका रवि नेपाली घरदैलो गर्दै गरेको अवस्थामा …….

    मानव अधिकार आयोगमा अधिकृतको पदमा कार्यरत बर्दियाको गुलरिया १ निवासी रवी नेपाली काँग्रेस पार्टीको पक्षमा भोट माग्दै घरदैलो गर्दै हिडेको फेला परेको हो ।
    रवि नेपाली स्थानीय तहको निर्वाचनमा समेत भोट माग्दै हिडेको सूचना समेत बाहिर आएको थियो । आयोगमा कार्यरत रवि नेपाली निर्वाचनको समयमा विदा मिलाएर घरमा आउने र नेपाली काँग्रेस पार्टीको प्रचार प्रसार गर्ने गरेको स्थानीयले बताउने गरेका छन् ।
    स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको झण्डा मुनी बसेर मत माग्दै हिडेका रवि नेपाली आगामी मंसिर २१ गते हुने प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पुनः भोट माग्दै खुलम खुल्ला घरदैलो गर्दै हिडेको स्थानीय गुलरिया नगरपालिका वडा नं. १ शंकरवस्तीका गोरख जैसीले बताए । अरुलाई मानव अधिकारको पाठ सिकाउने कर्मचारी नै यसरी राजनीतिक दलको खोल ओढेर मत माग्दै हिडेपछि स्थानीय जनताले मानव अधिकारकर्मीलाई हेर्ने दृष्टिकोणमा समेत गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।


    यसै विषयमा आयोगका प्रवक्ता डा. टिकाराम पोख्रेलसंग कुरा गर्दा राष्ट्रिय मानव अधिकार आयोगको कर्मचारी नियमावलीमा व्यवस्था भए अनुसार कर्मचारीले मताधिकारको प्रयोग गर्न पाउने भएपनि राजनीतिक दलको प्रचार प्रसार गर्न पाउने व्यवस्था नभएको बताउनुभयो । उहाँले भन्नुभयो –‘यदि त्यस्तो गरेको भए आयोगको कर्मचारी नियमावली अनुसार कार्वाही हुन्छ ।’
    राष्ट्रिय मानव अधिकार आयोगको कर्मचारी जस्तो व्यक्तिले खुल्ला प्रचार प्रसार किन गरेको भन्ने प्रश्नमा रवि नेपालीले भने –‘आफु नेता पनि होईन प्रचार प्रसार पनि नगरेको भन्दै प्रचार प्रसार गरेको भन्ने आरोप झुठा भएको बताए ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु