पर्वत/प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्वतमा दलहरुले अन्य दलका कार्यकर्ता प्रबेश गराउने होडबाजी नै चलेको छ ।

चुनाबमा आफ्नो पक्षमा जनमत सृजना गराउन कार्यकर्ता प्रबेश गराउने क्रममा बाम गठबन्धन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत/प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्वतमा दलहरुले अन्य दलका कार्यकर्ता प्रबेश गराउने होडबाजी नै चलेको छ ।

चुनाबमा आफ्नो पक्षमा जनमत सृजना गराउन कार्यकर्ता प्रबेश गराउने क्रममा बाम गठबन्धन"/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चुनावको मुखैमा पर्वत काँग्रेसलाई पर्यो यो कस्तो आपत…

१८ मंसिर २०७४, सोमबार ०२:२७

पर्वत/प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्वतमा दलहरुले अन्य दलका कार्यकर्ता प्रबेश गराउने होडबाजी नै चलेको छ ।

चुनाबमा आफ्नो पक्षमा जनमत सृजना गराउन कार्यकर्ता प्रबेश गराउने क्रममा बाम गठबन्धन सबैभन्दा अगाडी देखिएको छ । एमालेले शनिबार एकै दिनमा कुस्मा नगरपालिका र मोदीगाउँपालिकामा गरि नेपाली कांग्रेसका तीन सय नेता कार्यकर्ता पार्टीमा प्रबेश गराएको छ ।

संयुक्त बाम गठबन्धनले कुस्मा नगरपालिका वडा नं १४ मा आयोजना गरेको चुनाबी कोणसभामा नेपाली कांग्रेसका गाउँ कार्यसमिति सदस्य गोपाल रिमाल सहित ६० जना कार्यकर्ता एमालेमा प्रबेश गरेका छन । रिमाल सहित नेपाली कांग्रेसको भातृसंगठन तरुण दलका स्थानिय युवाहरुलाई एमाले केन्द्रिय सदस्य तथा प्रदेशसभाका समानुपातिक उमेदवार बिजय गुरुङ्ग, माओबादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेशसभाका उमेदवार नेत्र अधिकारी, एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधीसभाका उमेदवार पदम गिरी लगायतले माला र टिका लगाएर पार्टी प्रबेश गराएका थिए । युवाहरुलाई एमाले प्रबेश गरेपछि आर्थर डाडाँखर्कमा नेपाली कांग्रेस धेरै कम्जोर भएको र बामगठबन्धनको पक्षमा माहौल सृजना भएको युवा संघ पर्वतका सदस्य सुनिल बानियाँले बताए ।

यसैगरी कुस्मा नगरपालिका वडा नं १२ ठुलीपोखरीमा १ सय ५० जना भन्दा बढी नेपाली कांग्रेसका नेता कार्यकर्ता पनि एमालेमा प्रबेश गरेका छन । पुर्व वडा अध्यक्ष देबीप्रसाद सापकोटा, देउनारायण सापकोटा, इश्वर बहादुर बिक, खाडे कामी लगायतका नेपाली कांग्रेसका नेता कार्यकर्ता प्रबेश गरेका छन । बाम गठबन्धनका उमेदवारहरुलाई डेढ घण्टा सम्म प्रबेश गर्नेहरुलाई टिका लगाउन समय लागेको थियो । हिजो पनि बामपन्थीको आधार इलाका रहेको ठुलीपोखरीमा नेपाली कांग्रेस असाध्यै कम्जोर बनेको एमाले गाउँ कमिटीका सचिब भरत सापकोटाले बताए । कुस्मा नगरपालिका वडा नं १३ खौला लाँकुरीमा पनि १३ जना भन्दा बढी युवाहरु एमालेमा प्रबेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली