१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बम बिस्फोटमा घाइते गगन थापासहित ११ जनाको नामावली

१८ मंसिर २०७४, सोमबार ०९:५८

मंसिर १८, काठमाडौं । काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये ४ जना गम्भीर भएको प्रहरीले जनाएको छ । बस्फोटमा थापासहित ७ जना सामान्य घाइते भएका छन् भने अन्य ४ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।


चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइटमा पुगेका बेला बम विस्फोट भएको हो । विस्फोटबाट नेता थापाको टाउको र कम्मरमा चोट लागेको छ ।

थापासहित सबै घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।  

घाइते हुनेहरुमा कांग्रेस नेता थापासहित २७ वर्षीय जयराज लामिछाने, ३५ वर्षीय राजकाजी श्रेष्ठ, ४० वर्षीय ध्रुव खड्का, ४७ वर्षीय पूर्णबहादुर श्रेष्ठ, ३२ वर्षीय रेणु बडुवाल, ४७ वर्षीय श्यामकृष्ण श्रेष्ठ, २३ वर्षीय सुमन खड्का, ४४ वर्षीय रवीन्द्र कार्की, ४७ वर्षीय काशीलाल श्रेष्ठ तथा ५२ वर्षीय परशुराम थापा घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु