होमप्रसाद शर्मा

                       नयाँ शक्ति पार्टी नेपालबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  होमप्रसाद शर्मा

                       नयाँ शक्ति पार्टी नेपालबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार 

९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रदेश नं. ५ को राजधानी दाङको देउखुरीलाई नै बनाउनु पदर्छ – शर्मा

१८ मंसिर २०७४, सोमबार १४:०२

 होमप्रसाद शर्मा

                       नयाँ शक्ति पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य  दाङ-देउखुरी क्षेत्र नं. १ का उम्मेदवार 


राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ निवासी होमप्रसाद शर्मा आगामी यही २०७४ मंसिर २१ गते प्रदेश र संघको निर्वाचन हुँदैछ । निर्वाचनमा होमिएका दल र उमेदवारहरु यतिबेला चुनाबी प्रचारप्रसारमा जुटेका छन् । सबै दलले मतदातालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । निर्वाचनमा दाङ क्षेत्र नम्वर १ को संघमा नयाँ शक्ति पार्टीबाट युवा उम्मेदवार होमप्रसाद शर्माले आँखा चिन्ह लिएर व्यापकरुपमा प्रचारप्रसारमा होमिनु भएको छ । दाङको देउखुरीलाई नै प्रदेश नम्बर ५ को राजधानी सहित निर्वाचन क्षेत्रलाई दश बर्ष भित्र समृद्ध बनाउने एजेण्डा चुनावी प्रचार अभियानमा केन्द्रित बनाएका छन् । प्रस्तुत छ, समाज सेवा, व्यवसाय, राजनीतिमा समेत दखल राख्नु भएका युवा नेता शर्मासँग निर्वाचनको सन्दर्भमा रहेर साझासबाल डटकमका दाङ जिल्ला सम्पादक सन्तोषकुमार गुप्ताले गरेको कुराकानीको सारसंक्षेप – सम्पादक

यहाँलाई सर्वप्रथम साझासबाल डटकमकाे चुनावी भलाकुसारीमा स्वागत छ 

    धन्यवाद । 

यति बेला तपाई निकै निर्वाचन प्रचार—प्रसारका क्रममा हुनुहुन्छ । मतदाताहरु के भन्छन् ?

    हो, हजुर । निर्वाचनको प्रचार–प्रसार अभियानमा तीव्र गतिमा लागिपरेको छु । घरदैलो गर्ने क्रममा क्षेत्र नं. १ अन्र्तगतका ग्रामीणबस्तीहरु र शहरहरुमा पुगेको छु । हुन त म लामो समयदेखि राजनीतिमा निरन्तर लागेको व्यक्ति भएको कारणले मलाई अहिलेको यो अभियान नौलो लागेको छैन । तर यति मात्र अन्तर छ, कि पहिला मैले अरु साथीहरु र उम्मेदवारहरुको प्रचार–प्रसार अभियानमा लागेको थिएँ । अहिले म आफ्नै लागि भोटमाग्न जनताको घरदैलोमा पुगेको छु । युद्धस्तरमा प्रचार अभियानमा खटेको छु । जनताको घरदैलो गर्दा मैले जनताको धेरै गुनासो सुनें । वास्तवमा जनताहरु धेरै गम्भीर रहेछन् । विश्व २१ औं शताब्दीमा प्रवेश गर्दा हाम्रा जनता पनि धेरै सचेत भईरहेका मैले पाएँ । मतदाताले चुनाव जित्न नेताहरु गाउँ आउँछन् ।  जितिसकेपछि गाउँ फर्केर आउँदैनन् । हाम्रा तमाम समस्या छन् जस्तै बाटो, शुद्ध खानेपानी, सिंचाई नहुन, विद्युतको क्षमता कम भएर सिंचाईको वोरिङका मोटर नचल्नु, खानेपानीका सार्वजनिक पुराना कुवाँ मर्मत नहुनु, सिंचाईको लागि बनाईएका भित्री वस्तीका नहर पक्की नहुनु, ठूला–ठूला वस्तीका बीचमा बग्ने सानोनदीमा पुल नहुनु, देउखुरीमा एउटा राम्रो अस्पताल नहुँदा दुर्घटना हुँदा अन्य बिरामी हुँदा समयमा उपचार नपाउनु बस्ती डुवान हुनु, खहरे खोलाले जमिन कटान गर्नु, आफूले उत्पादन गरेका किसानका उत्पादित वस्तुको बिक्री वितरण गर्ने बजार नहुनु, रोजगारीका अवसर नपाउनु, आदी तमाम समस्याहरु रहेको छ, तर उम्मेदवार भएर आएका नेता जितेर गएपछि फर्केर गाउँ नआउने गरेकाले जनताले धेरै गुनासाहरु बताउँछन् । जसले गर्दा निर्वाचन देखि वाक्क लागेको कुरा मतदाताबाट पाएँ । अझ ठूलो मतदाताको भनाई के पाएँ भने चुनाव जित्न सोझा, इमान्दार, जनतालाई चुनावको समयमा झुठ्ठा आश्वासन वाँड्ने साथै मनी—मसल्सको प्रयोग गर्ने, धम्कीदिने, तर्साउने, हप्काउने, गाउँका व्यक्तिहरुलाई फुटाएर बलप्रयोग गर्ने, जवरवस्ती गर्ने, पैसा मदिरा र मासुमा जनतालाई भुलाउँने र चुनाव जित्ने पुरानो योजना अहिले पनि कायम रहेको कुरा मतदाताबाट पाएँ । जसले गर्दा अचम्मै लाग्यो अहिलेको २१ औं शताब्दीको समयमा जनताको मन जितेर चुनाव जित्ने भन्दा पैसाको भरमा चुनाव जित्न खोज्ने अनि विकासको बजेटलाई भ्रष्टचार गरेर विकासलाई पछाडी धकेल्ने पुरानो, गैर राजनैतिक संस्कार चिन्तन र दृष्टिकोणलाई पाएँ । अहिलेका समयमा पनि रोजेको, सामाजिक, जनमुखी नेता छान्न नपाउँने वडो अचम्मको संस्कार र चिन्तन रहेका राजनैतिक दल र नेतृत्व रहेको मतदाताको गुनासो मतदाताबाट सुन्न पाउँदा अचम्मको महसुस गरे । 

हजुरको मुख्य चुनावी एजेण्डा के हो ? के ती सबै एजेण्डा पुरा गर्न सकिन्छ ? की मत माग्नका  लागि मात्र हुन् ?

    मेरो मुख्य चुनावी एजेण्डा भनेको मेरो निर्वाचन क्षेत्रलाई वेरोजगारी जनशक्ति उत्पादन गर्ने शिक्षालाई परिवर्तन गरी रोजगारको ग्यारेन्टी गर्ने । प्राविधिक, व्यवसायिक र वैज्ञानिक शिक्षा प्रणाली लागुगर्ने स्वास्थ्यको समस्या समाधान गर्न, देउखुरीको उपयुक्त स्थानमा सुविधा सम्पन्न ट्रमा सेन्टर समेतको कम्तीमा तीन सय शैयाको अस्पताल र गरिवका छोराछोरी समेतले पढ्न पाउने अत्याधुनिक मेडिकल कजेलको संञ्चालन गर्ने, दुई बर्ष भित्र क्षेत्र नं. १ अन्र्तगतका सबै शहर र ग्रामीण बस्तीमा बाटो पु¥याउने, १० वर्ष भित्र ती सबै बाटोहरु पक्की बनाउने २ वर्ष भित्र जग्गाधानी र मोही बीचको जग्गाको समस्या सदाका लागि अन्त्य गर्ने, विभिन्न संस्कारहरु जस्तै संस्कृत विश्वविद्यालय, स्वर्गद्वारी आश्रम हंशेस्वर मन्दिर, रतननाथ मन्दिर लगायतको गुठीमा वसोवास गरेका जनतालाई सोही ठाउँमा वसोवासको सुनिश्चत गरी द्धैध स्वामित्व अन्त्यगर्ने, भूमिहीन सुकुम्वासी मुक्तकमैयाँ, कम्लहरीलाई जग्गा प्राप्त गरेकालाई लालपूर्जा वितरण र जग्गा नपाएकालाई प्रतिपरिवार कम्तीमा पाँच कठ्ठा जग्गा उपलब्ध गराउने, अन्धा, अपाङ्ग, घाईते परिवार, शहीद परिवारका छोराछोरी, अनाथ असाहाय व्यक्तिहरुलाई व्यवस्थित घरबासको व्यवस्था र स्वरोजगार बनाउन शिपमुलक तालिम प्रदान गरी आयमूलक जिवीकोपार्जनका लागि उद्यमशिलता प्रवर्धन गर्दै व्यवसायीक पुर्नउत्थान केन्द्रको स्थापना मार्फत रोजगारीको सुनिश्चित गर्ने, देउखुरीको उपयुक्त स्थानलाई औधोगीक क्षेत्रको रुपमा विकास गर्ने । बिजुलीको पावर कम भई सिंचाई क्षेत्र प्रभावित भएकोले छिमेकी जिल्ला प्यूठानबाट झिरुक विद्युत प्राधिकरण आयोजनासंग समन्वय गरेर विजुलीको पावर बढाउने । देउखुरीको ट्रान्सफार्मर नभएका सबै क्षेत्रमा ट्रान्सफार्मरको व्यवस्था गर्ने । गरिव परिवारको पहिचान गरी प्रत्येक परिवारलाई प्रति तीन देखि ५ सदस्यको आधारमा ३ कोठाको पक्की घर निर्माण गरिदिने, वृद्धा, एकल महिला, एकल पुरुष, अपाङ्ग, असहायको भत्ता २ हजारबाट बढाएर कम्तीमा खान पुग्ने गरी पेन्सनको रुपमा १० हजार पु¥याउने र उमेर अवधी ७० वर्षबाट ६० वर्षमा झार्ने साथै विपन्नतालाई आधार मानी दलित, जनजाती, ब्राम्हण, क्षेत्री, अन्य जातीको भेदभाव नगरी समान रुपमा वितरण गरिने छ । सिंचाई नपुगेका सबै जग्गामा सिंचाईको वैकल्पिक व्यवस्था गरिने छ । राप्ती नदीको दुबैतर्फ तटबन्ध निर्माण गरी ¥याफ्टिङ र बोटिङको व्यवस्था गर्ने, कालाकाटे सिक्टा हुँदै नेपालगञ्ज जोड्ने पक्कीरोड ५ वर्ष भित्र सम्पन्न गरिने छ । किनकी हामीसंग ती एजेण्डा पुरा गर्न सक्ने आधार छन् । यस क्षेत्र अन्र्तगतका विद्यालयहरुको पूर्वाधार विकास गरेर प्राविधिक शिक्षालाई अनिवार्य गर्ने । प्रत्येक जनतालाई स्वास्थ्य बिमाको व्यवस्था गरी स्वास्थ्य सुविधा प्रदान गर्ने । यस क्षेत्रबाट स्वास्थ्य लगायतका विषय पढ्न विदेशी शहरमा जाने विद्यार्थीलाई रोक्न सकिने , मेडिकल कलेज सरकारी र निजीक्षेत्रको संयुक्त लगानीमा निर्माण गरिने, राजनैतिक र सरकारी सेवामा मौलाएको भ्रष्टचार र कुशासनलाई अन्त्य गरी सरकारी बजेटलाई जस्ताको त्यस्तै विकास निर्माणमा लगानी गरी बाटो, पुल, विद्युत, सिंचाई आदि सम्पन्न गर्न सकिने छ । मोही किसान र जग्गा धनी बीचको समस्या हल गर्न बिचौलीया बाधक भएकोले आयोग बनाई समाधान गर्ने । आयआर्जन नहुने असाहायहरुलाई तालिम दिएर रोजगारीका लागि सरकारी – निजी,सहकार्यमा यस क्षेत्रकै कच्चा पदार्थ प्रयोग गरेर साना उद्योग, लगायतका औधोगीक प्रतिष्ठानहरु निर्माण गरी गरिवी घटाउने आयमुलक कार्य गरिने छ । जग्गा विहिनहरुका लागि राप्तीको तटबन्ध निर्माण पश्चात प्राप्त भएको जग्गा र प्रति ऐलानी जग्गाहरु देउखुरीमा प्रशस्त छ । उक्त जग्गामा व्यवस्थापन गर्न हाम्रो इच्छशक्ति हुनु प¥यो । जग्गाको कमी छैन । व्यवस्थापन गर्न सकिन्छ । गरिव—गरिवारलाई गरिवीको पहिचानगरी गरिवीको परिचय पत्रको आधारमा ३–५ जनाको परिवारलाई ३ कोठे पक्की घर ५ लाखको लगानीमा निर्माण गर्न सकिन्छ । किनकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु हामीसंग दर्जनौले लगानी गरेका छन् । अहिले पनि दलित आवासको रुपमा देशभरी दलित परिवारका घर बनिरहेका छन् । तर त्यस्ता घर होइन हामीले आफै सम्पन्न गरी घर हस्तान्तरण गर्ने छौं । हामीसंग प्रशस्त स्वदेशी लगानी कर्ता हुनु हुन्छ । वातावरण र शान्ती सुरक्षाको व्यवस्था हुन सके विदेशी लगानी कर्ता समेत हामीसंग प्रशस्त आउँछन् । वृद्ध, असहाय र अपाङ्गलाई पेन्सनको कुरा छ । यो ग्राहो छैन हामीले तिरेको टेक्स र रेमिट्यान्समा मात्र भर पर्न हुँदैन । हामीले विदेशी आयत प्रतिस्थापन गर्ने नीति अनुसार स्वदेशमै उत्पादन बढाएर आत्मनिर्भर बन्न आँट गर्नु पर्दछ  । साथै विद्युतमा सरकारी र निजी क्षेत्रको लगानी मार्फत अर्थतन्त्रलाई सक्षम बनाउन सकिने छ । कृषिलाई  वैज्ञानिक कृषि प्रणाली अन्र्तगत पलट फार्मिङ प्रविधि, जडीबुटी खेती, पर्यटन मार्फत अर्थतन्त्रलाई सक्षम बनाउन सकिने छ । साथै अहिलेकै राष्ट्रिय बजेटलाई सही सदुपयोग गरेमा यो व्यवस्था गर्न गाह्रो छैन । मत माग्नलाई जनतालाई झुक्याउने दिन गए । जनता धेरै टाठा भईसके पहिला–पहिला नेताले जनतालाई रिंगाउने गर्दथे । अहिलेका जनता यति टाठा भइसके की अब जनताले नेतालाई रिंगाउने समय आईसक्यो । त्यसका लागि जनताहरु सचेत हुनुपर्ने हन्छ । आफ्नो मतलाई सुरक्षित गर्न सक्ने हुनुप¥यो । मतको महत्व बुझ्न प¥यो ।

त्यसो भए तपाईले के भनेर उनीहरुको चित्त बुझाउनु भयो त ?

    अबको नेपाल ८० वर्ष पुराना पार्टी जो संग ८० वर्ष पुरानो विचार, सोच, चिन्तन, स्कुलिङ र पूर्वाग्रहबाट चलिरहेका छन् । बदलिएको नयाँ युगलाई पुरानो राजनैतिक चेतनाले नेतृत्व प्रदान गर्न सक्दैन । विचार युग सापेक्ष हुनुपर्छ । कुनै एउटा युगको विचार सदासवर्दाका लागि हुन सक्दैन । तसर्थ हाम्रो युगको विचार हामी आफैले बनाउनु पर्दछ । तर पुराना दलहरुको जुन कार्यशैली र सोच छ, जे जस्तो संस्कार र संस्कृतिलाई मलजल गरिरहेका छन् । त्यसले देशलाई कहीकतै पु¥याउने छैन । केवल एक प्रकारको गोलचक्करमा मात्र फसाई रहनेछ । आज ४० लाख भन्दा बढी यो देशको युवा शक्ति जुन यो देशलाई जुरुक्क उठाउन सक्ने क्षमता भएका युवा शक्ति रोजीरोटीको लागि खाडी मुलुकको ४० डिग्रीको तापक्रममा आफ्ना रगत र पसीना बगाई रहेकाछन् । कामको खोजीका लागि विदेशका गल्ली गल्लीमा भौतारी रहेका छन् । तिनको रोजगारीका कुरा यो देशको सरकार संचालकहरुले गर्ने कि नगर्ने ? आज वृद्धा आमाबुबा जो छोराछोरीको हेरचारबाट बन्चीत हुनुहुन्छ, उहाँहरुको लागि जिवनयापन गर्न पुग्ने खर्च यो राज्यले गर्न पर्ने कि नपर्ने ? १२ वर्ष पहिला मुक्त भएका मुक्तकमैयाँ, हलिया, कम्लहरीका समस्या मोही किसान र जग्गा धनी बीचको समस्या हल गर्न पर्ने कि नपर्ने ? आज यस क्षेत्रमा स्वर्गद्वारी गुठी, हसेश्वर मन्दिरको गुठी, रतननाथ मन्दिरको गुठीबाट वर्षौ देखि पिडित जनताको समस्या समाधान गर्नु पर्ने कि नपर्ने ? आज घर नभएर बाटो मै सुत्न विवश गरिव दलित अपाङ्ग, जनजाति र अन्य गरिव परिवारका सदस्यको घर चुनाव जितेर सरकार बनाउने नेताले गर्न पर्ने कि नपर्ने ? घरमा खर्च नभएर विद्यालय जान नसक्ने गरिवका छोराछोरीको शिक्षा हेर्ने पर्ने कि नपर्ने ? यी तमाम समस्या छन् । यी समस्या एउटा भिजन मिसन र प्लानका आधारमा जनताको सेवामा समर्पित व्यक्तिले मात्र गर्न सक्दछ । न कि चुनावमा पैसा खर्च गरेर भोट खरिद गरेर जित्ने नेताले र पुरानो सडेगलेको विचार बोकेको पार्टीको नेताले गर्न सक्ने छैनन् । त्यसकारण यहाँ त काम गर्ने नेता चाहिएको जनताको माग छ । उनीहरुको सहयोगी विकासप्रेमी नेता चाहीएको छ । त्यो समस्या समाधान गर्न सक्ने क्षमता म र मेरो पार्टीसंग छ ।  

तपाईले चुनाब जित्ने आधार के हो ? अनि हजुरलाई नै किन भोट दिनु प¥यो ?

    मैले जित्ने आधार भनेको क्षेत्र नम्बर १ मा मैले आज सम्म गरेको योगदान, समाजिक सेवा, मेरो पहिचान, लामो समय सम्मको राजनैतिक काम गरेको अनुभव र मेरो पार्टीको नयाँ युगको आवश्यकता अनुसार नयाँ नेपाल निर्माणका लागि बनाईएको बैकल्पिक शक्तिको पाँच “स” अन्र्तगत समतामूलक समृद्धि, समानुपातिक÷समावेशी लोकतन्त्र, सुशासन÷सदाचार, स्वाधिनता÷सार्वभौमिकता, समुन्नत समाजबादको भिजनका अधारमा सात बर्षमा गरिबी र बेरोजगारी हटाउने, १५ बर्षमा बिश्वकै दोस्रो धनी देश र दोस्रो धनि देशका जनता बनाउने र २५ बर्षमा बिश्वकै नम्बर वान धनी जनता बनाउने भिजन हाम्रो पार्टी संग मात्र भएकोले यही नै चुनाब जित्ने अधार हो । त्यस्तै मेरो व्यक्तिगत रुपमा भन्नुपर्दा  म राप्ती उद्योग वाणिज्य संघ जस्तो उद्योगी व्यापारीहरुको संस्था स्थापना गरेर दुई अवधी सम्म सर्वदलीय सहमतिमा आफ्नो कार्यकाल सम्पन्न गरेको छु । त्यसकारण मलाई उद्योगी व्यापारी साथीहरुले राम्ररी नजिकबाट चिन्नु हुन्छ । देउखुरीमा मैले लगभग एक दर्जन भन्दाबढी संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेको छु । त्यसकारण मलाई यस क्षेत्रका विकासप्रेमी आमा, बुबा, दाजु, भाई, दिदी, बहिनीहरुले मतदान गर्नुहुने बचन समेत थुप्रै बस्तीहरुबाट दिई सक्नु भएको छ । साथै अबको नेपाल जुन हाम्रो पार्टीले बनाएको नीति अनुसार युवा शक्तिलाई देश चलाउने नेतृत्व प्रदान गर्ने कुरा उल्लेख गरेको र म स्वयं शिक्षित र समाज सेवाबाट दक्षता प्राप्त गरेको अनुभवि युवा नेता भएको कारणले समेत जित्ने आधार प्रशस्त देखिन्छ । 

 तपाईका यी योजना मतदाताहरुले पत्याउँछन् त ?

    मेरा योजनाहरु मतदाताले पत्याउने र नपत्याउने भन्दा पनि जुन योजनाले सम्पन्न गर्न सक्ने विकल्प लिएर आएको छु । त्यस्ता योजनालाई पत्याउन भन्दा पनि मतदाता स्वत ः विश्वस्त हुन्छन् । किन की सम्पन्न गर्ने आधारहरु मेरा योजनासंग छन् । मैले कुन–कुन योजनाहरु के कसरी सम्पन्न गर्न सक्ने भन्ने भिजन सहित आएको छु । त्यसकारण पत्याउन नसक्ने आधारै छैनन् ।

 यतिबेला दाङलाई प्रदेशको राजनीति बनाउने भनेर अन्य उम्मेदवारहरुले भोट मागिरहेका छन्, यसमा यहाँको भनाई र योजना के छ ?

    प्रदेश नं. ५ को राजधानी दाङलाई बनाउने मात्र होइन देउखुरीलाई बनाउने हो । आज हेर्नुस् प्रदेश नं. ५ अन्र्तगतका जिल्ला मध्ये दाङ जिल्लाको देउखुरी उपत्यका प्रदेश नं. ५ को राजधानी बनाउन र बन्न सक्ने पूर्वाधार छन । पहाडी जिल्लाहरु रोल्पा, प्यूठान, रुकुम, अर्घाखाँची, गुल्मीको आधा र वाग्लुङको समेत केहीभागको नाका मध्यपहाडी लोकमार्ग प्रदेशद्वारा यही क्षेत्र, परासी देखि बुटवल हुँदै आउन र बाँके, वर्दिया लगायतका पश्चिमी जिल्लाबाट देउखुरी आउन अत्यान्तै सुगम भएको कारणले देउखुरीलाई ५ नंं प्रदेशको राजधानी बनाउन सकिने अत्यन्तै महत्वपूर्ण र नबनाई नहुने प्राकृतिक संरचना, भौगोलिक अवस्था सबैका कारणले देउखुरी भन्दा विकल्प अन्य जिल्ला हुन सक्दैन । यसका लागि राजनैतिक पार्टीको इच्छा शक्ति र यस क्षेत्रका बुद्धिजिबिहरुको कदमको महत्वपूर्ण योगदान रहने छ । मेची—महाकाली सम्म पुग्न सक्ने सिधा सम्पर्क भएको राजर्मागमा पर्न सक्ने, दाङ जिल्ला कै प्रबेशद्वार भएको सिंगो देउखुरीको बरदान राप्तीनदी यहीबाट बगेकोले पानीको सुविधा, जग्गा  जमिनहरु सिंगो देउखुरीको राप्तीपारीवारी दुबैतर्फ भएकोले यस क्षेत्रमा एउटा अन्र्तराष्ट्रिय सुबिधा सम्पन्न हवाईमैदान निर्माण गर्न अत्यान्तै माग भएको कारणले यो देउखुरी ५ नं. प्रदेशको  राजधानी बनाउन सकिन्छ । 

अन्तमा यहाँले भन्नै पर्ने केही बिषय छुट्यो की ?

    अन्तमा मलाई यस साझासबाल डटकम अनलार्इनले जुन मेरो बिचार राख्ने अवसर प्रदान गर्नु भयो । त्यसका लागि यस पत्रिकाका संञ्चालकलाई धन्यवाद दिन चाहन्छु । र अन्तमा मलाई नजिकबाट चिन्ने र जान्ने सम्पूर्ण क्षेत्र नम्बर १ का मतदाता माहानुभाव ज्यूहरुलाई म र हाम्रो पार्टीका यस क्षेत्रका १ को प्रतिनिधिसभाको उम्मेदवार म होमप्रसाद शर्मा, प्रदेशसभा सदस्य पदका उम्मेदवारहरु क्षेत्र नं. (१.१) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार श्री एकराज चौधरी र (१–२) का उम्मेदवार श्री दिलबहादुर महतारा ज्यू समेतलाई चुनाव चिन्ह एउटा आँखामा यहाँहरुको अमूल्य मतदान गरी अत्यधिक बहुमतले विजय गराई दिनुहुन यसै साझासबाल डटकम अनलार्इन मार्फत हार्दिक अनुरोध गर्दछु । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर !