२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दुनियाकै लज्जास्पद चुनावी प्रयोजन गुल्मीमाः मन्दिर भित्र मदिराको गोदाम

२०७४, १८ मंसिर सोमबार १४:२४

प्रेम सुनार | मङ्सिर १८, गुल्मी | चुनावको मुखमा आईपुग्दा गुल्मीमा लज्जास्पद घटना घटेको छ ।  चुनावी  प्रयोजनका लागि गुल्मी दरवार गाउँपालिका अन्तरगतको पुर्खे भन्ने स्थानमा जानेवाटो नजिकै उदिन डाँडाको शिवालय मन्दिर भित्र दुई वोरा मदिरा लुकाएर राखेको अवस्थामा क्षेत्र नम्वर १ को चुनावी प्रचारमा हिडेका वामगठबन्धनका कार्यकर्ताहरुले वरामद गरेका छन् । 

गुल्मी दरवार गाउँपालिको शिवालय मन्दिरमा गौडाकोट तर्फबाट कांग्रेस कार्यकर्ता भनिएका हर्कबहादुर थापाले बोकेर  शिवालय मन्दिर भित्र लगेर लुकाएको अवस्थामा वामगठबन्धनका कार्यकर्ताहरुले प्रहरी वोलाएर वरामद गरेका हुन् ।  

त्यस मन्दिरमा पुगेका वामगठबन्धनका कार्यकर्ताले कांग्रेस कार्यकर्ता भनिएका थापाले चाँवी हरायो भन्दै मन्दिरको ढोका खोल्न नमाने पछि प्रहरी बोलाएर ढोका खोली दुई वोरा भित्र लुकाएर राखेको ४८ वटा शिलप्याक मदिरा वरामद गरिएको थियो । 

मदिरा वरामद स्थलमा उनै थापा संग टेलिफोन सम्र्पक राख्दा उनि वोल्न चाहेनन् तर उनले वामगठबन्धनका कार्यकर्ताहरु संग गौडाकोट स्थित तरुण  दलका पुर्व अध्यक्ष राजु कार्की , गुल्मी दरवार गाउँपालिका वडा नम्वर ३ का नेपाली कांग्रेसबाट विजयी वडा सदस्य रवि शाह लगायतले पठाएको आरोप लगाएका छन् । उनिहरु मध्ये तरुण दलका पुर्व अध्यक्ष कार्की संग पटक पटक फोन सम्पर्क राख्दा फोन उठाएनन् । 

 कांग्रेस कार्यकर्ता भनिएका थापालाई भने प्रहरीले मदिरा सहित पक्राउ गरेर लगेको  बताईएको छ । नाम मुछिएका व्यक्तिहरुले फोन न उठाए पछि मदिरा आफुहरुले पठाएको भनेर कांग्रेसजन कसैले पनि आधिकारिक जिम्मेवारी लिएका छैनन् ।

 तर  वामगठबन्धनले पनि मतदाताहरु  प्रभावित पार्नका लागि कांग्रेसले नै  ठाउँ  ठाउँमा मदिरा वितरण गर्दै आएको आरोप लगाएका छन् । स्मरण रहोस त्यसै गाउँपालिका अन्तरगत केहि दिन अघि निर्वाचन आचर संहिता लागे पछि पनि वलिथुममा नेपाली कांग्रेसका सभापति प्रेम पुनले वितरण गरेको खानेपानीको दुई रोल पाईप पनि वामगठबन्धनले वरामद गरेका थिए । 

अघिल्लो स्थानिय तहको निर्वाचनमा पनि गुल्मी दरवार गाउँपालिकाको सिमानामा कांग्रेसले वितरण गरेको आरोप लगाउँदै नेकपा एमालेका कार्यकर्ताले  एक हजार मिटर पाईप नियन्त्रणमा लिएका थिए । तर पछि अर्को कुनै विकास निर्माणको विल पेश गरेर सोही गाउँलाई नै दिईएको थियो । आज  शिवालय मन्दिर  जस्तो पवित्र स्थान भित्रै मदिरा लुकाएर राख्नुलाई सर्वत्र निन्दा गरिएको छ । यस घटनालाई दुनियाँकै लज्जास्पद र चुनावी लडाईको  घृणित खेलका रुपमा लिईएको छ ।

- प्रतीकात्मक फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल