१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब मतदाताको लागि ४८ घण्टे समय सुरु, यस्ता ४ काम नगर्नुस्

१८ मंसिर २०७४, सोमबार १९:५४

मंसिर १९, काठमाडौँ | प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दोस्रो चरणका लागि २१ गते बिहीबारका दिन हुन लागेको निर्वाचनमा दल र उम्मेदवारले प्रचार तथा भोट माग्ने काम आजबाट मतदान नसकिउन्जेलसम्म गर्न पाउने छैनन् । 

मतदान हुनु ४८ घण्टापूर्व नै मौन अवधि सुरु हुने भएकाले यो अवधिमा कुनै प्रकारको प्रचार-प्रसार गर्न पाइने छैन । निर्वाचन आयोगले मौन अवधिमा प्रचार तथा आचारसंहित विपरीतका काम गरेको भेटिएमा उम्मेदवारको उम्मेद्वारी समेत खारेज गर्न सक्नेछ ।  

आयोगले निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा कुनै प्रकारले मतदातालाई प्रभावित पार्ने काम गरेको फेला परेमा वा कसैले यस्तो सुचनाको तथ्य सहित जानकारी गराएमा निर्वाचन आयोगलाई त्यस्तो उम्मेदवारको सिधै उम्मेद्वारी खारेज गर्ने अधिकार छ । मौन अवधि मतदाताको लागि दिईएको समय हो । यस अवधिमा मतदाताले उम्मेदवारबारे अध्ययन गर्ने तथा मतदान कसलाई गर्ने भन्ने निर्णय लिने समय मानिन्छ । 

निर्वाचनको मौन अवधीमा पैसा बाडेको वा भोजभतेर गरेको भेटेमा निर्वाचनको लागि गाउँ-गाउँमा खटिएका अनुगमन अधिकारीहरुले सिधै कारवाही गर्न सक्ने तथा प्रकृति अनुसार जरिवाना तथा उम्मेद्वारी खारेजसम्मको निर्णय लिन सक्नेछ । मौन अवधीमा राजनीतिक दल वा उम्मेदवारले मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखेका प्रचार सामग्रीसमेत हटाउनुपर्ने हुन्छ । 

त्यस्तै सामाजिक सञ्जालबाट समेत मौन अवधिमा भोट माग्न पाइन्न, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार गर्न हुन्न । यदी गरेमा कारवाही/जरिवाना भोग्नुपर्ने हुन्छ । त्यस्तै सञ्चार माध्यमले पनि मौन अवधिमा राजनीतिक दलको प्रचार हुने गरी समाचार प्रकाशन वा प्रसारण गर्नु हुँदैन । 

बिज्ञप्तिमा हेर्नुहोस – ४ काम के-के गर्नु हुँदैन ? 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु