पर्वत । नेपाली कांग्रेस पर्वतको राजनीतिमा लामो समय देखिएको नवराज गुरुङ र अर्जुन जोशी समूहको टकराव फेरी सतहमा आएको छ । ३ पटकसम्म संसदीय राजनीतिमा पकड जमाएका जोशीले आफू इतरको तत्कालीन देउवा निकट नवराज गुरुङलाई सधै राजनीति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । नेपाली कांग्रेस पर्वतको राजनीतिमा लामो समय देखिएको नवराज गुरुङ र अर्जुन जोशी समूहको टकराव फेरी सतहमा आएको छ । ३ पटकसम्म संसदीय राजनीतिमा पकड जमाएका जोशीले आफू इतरको तत्कालीन देउवा निकट नवराज गुरुङलाई सधै राजनीति"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कांग्रेस भित्र अन्तर्घातको श्रृङ्खला दोहोरिने खतरा

१९ मंसिर २०७४, मंगलवार ०७:४८


पर्वत । नेपाली कांग्रेस पर्वतको राजनीतिमा लामो समय देखिएको नवराज गुरुङ र अर्जुन जोशी समूहको टकराव फेरी सतहमा आएको छ । ३ पटकसम्म संसदीय राजनीतिमा पकड जमाएका जोशीले आफू इतरको तत्कालीन देउवा निकट नवराज गुरुङलाई सधै राजनीतिमा पछाडी पारे । उनले कांग्रेस प्रजातान्त्रिक जुटेर पुनः बनेको नेपाली कांग्रेसको सभापति बनेका गुरुङलाई राजनीतिबाट अलगाउन अनेकौ हतकण्डा गर्दै एकताको जिल्ला अधिवेशनबाट गुरुङलाई सभापति पदबाट पाखा लगाए । जिल्लाको राजनीतिमा सधै फरक र अलग धारबाट अगाडि बढेका जोशी र गुरुङ यतिबेला प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको संघारमा छन । जोशी प्रतिनिधि सभाको उमेदवार बनेका छन भने गुरुङ प्रदेश सभाको उमेदवार बनेका छन ।

जोशीले आफू हार्ने र समूहको लबि नमिल्ने भएकाले गुरुङको प्रदेश उमेदवारमा मौन बसेपछि निर्वाचनमा जोशी हार्ने देखेपछि जोशी समूहका कार्यकर्ताहरु गुरुङलाई हराउन सक्रिय बनेको कांग्रेस श्रोत बताउँछ । कांग्रेस श्रोतका अनुसार जोशीले आफू चौथो पटकको यात्रा पछि राजनीतिमा विश्राम लिएसंगै लामो समय आफ्नो प्रतिस्पर्धीको रुपमा देखिएका गुरुङलाई पनि यस पटक संसदीय राजनीतिमा अगाडि बढाउन नदिने मनस्थितीमा रहेको कांग्रेस निकट पत्रकारह्ररु बताउँछन । जोशीले आफ्नो विश्रान्तीसंगै आफ्ना भाई युवराज जोशीलाई राजनीतिमा सक्रिय बनाउन चाहेका छन । भाई जोशीले यस पटक अर्जुन जोशीले उमेदवारी नलिएको भए आफू प्रदेश उमेदवार बन्ने पक्षमा दिए । दाईको उमेदवारीसंगै पछी सरेका युवराज जोशीको भावि राजनैतिक भविश्य जोगाउनका लागि पनि गुरुङलाई यस पटकको निर्वाचनमा पछाडी पार्ने दाउमा जोशी समूह देखिन्छ ।

२०७० सालको संविधान सभाको निर्वाचनमा गुरुङ क्षेत्र न २ बाट उमेदवार बनेका थिए । एमाले माओवादी बेग्ला बेग्लै लडेका कारण कांग्रेसको बलियो क्षेत्र मानिएको क्षेत्र न २ मा जोशी समूहका नेताहरुले गुरुङलाई हराउनका लागि अन्य उमेदवारलाई सहयोग गरेको दृटान्त नजिकै रहेको देखाउँदै कांग्रेसका गुरुङ समूहका कार्यकर्ताले पनि जोशीलाई सधै सत्तामा पुराउनपर्ने कांग्रेसहरुको कर्तब्य नरहेको बताउँदै आएका छन । जोशी र गुरुङको दुरी बढ्दै गएपछि उनीहरु एक्लाएक्लै भोट माग्दै हिडेका छन । ब्यक्तिगत रुपमा आफ्नो पक्षमा मतदान गर्ने लबिमा लागेका गुरुङ र जोशीको फुटसंगै जिल्लामा कांग्रेसको राजनीति थप धरापमा परेको छ ।, सेतोसुर्यबाट साभार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु