२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लमजुङमा चिर्पटले हानेर एक युवकको हत्या

२०७४, १९ मंसिर मंगलवार ११:२८

मङ्सिर १९, लमजुङ । लमजुङमा चिर्पटले हानेर एकजनाको हत्या भएको छ । 

राइनास नगरपालिका–९ कुँडुलेका हितमान श्रेष्ठको हत्या भएको हो । सोही गाउँका ३६ वर्षीय बेलबहादुर गुरुङले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ । 

गत ११ गते सोमबार साँझ एकापसमा झगडा भएपछि गुरुङले चिर्पटले हान्दा श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते श्रेष्ठलाई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेँसीशहर ल्याइएको थियो । 

जिल्लामा उपचार हुन नसकेपछि श्रेष्ठलाई पोखरा लगिएको र पोखराबाट पनि थप उपचारको लागि काठमाडौँको न्यूरो अस्पताल लगिएको थियो । काठमाडौँमा उपचारकै क्रममा सोमबार श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठ स्थानीय रत्न प्राविका पूर्व प्रधानाध्यापक हुनुहुन्थ्यो । 

श्रेष्ठको मृत्युपछि अभियुक्त गुरुङ फरार छन् । फरार अभियुक्तको खोजी कार्य तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल