२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

निर्वाचनलाई लक्षित गरी अछाम दुई हजार सुरक्षाकर्मी खटाईयो

२०७४, १९ मंसिर मंगलवार ११:५०

मंसिर १९, अछाम । प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको चु्नावलाई लक्षित गरी अछाममा सुरक्षा व्यबस्था थप मजबुत पारिएको छ । 

अछामका प्रहरी नायव निरीक्षक डिएसपि दधिराम पाण्डेका अनुसार जिल्लामा शान्ति सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ । जिल्ला भरी २ हजार सुरक्षाकर्मी खटाइएको उहाँले जानकारी दिनुभयो । 

अछाम जिल्लाका ५५ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले निष्कर्ष निकालेको छ । १ सय ९७ मतदानस्थललाई सुरक्षाका हिसावमा ५५ अतिसंवेदनशील, ६५ संवेदनशील र ९ सामान्य गरी तीन प्रकारमा वर्गीकरण गरिएको समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिनुभयो । अछाममा स्थानीय तह चुनावका दिन केही मतदान केन्द्र नजिक बम समेत विस्फोट भएका थिए । 

अछामका दुर्गम क्षेत्रमा रहेका ६७ स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम मंगलसेनमा ल्याउन सिफारिस गरिएको चौधरीले बताउनु भयो । अघिल्लो चुनावमा अछामको रहफ, सिउडी लगायतका स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याइएको बताइएको छ । 

‘सवारी साधनको अवस्था हेरेर हेलिकप्टर परिचालन हुने प्रजिअ चौधरीले बताउनुभयो । अछाम जिल्लामा ६४ हजार ७ सय ७६ पुरुष, ७२ हजार १ सय २५ महिला र दुई तेस्रो लिंगी गरी १ लाख ३६ हजार ९ सय ३ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार