२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

७ नम्बर प्रदेशका पाँच जिल्लामा साढे दशलाख मतदाता

१९ मंसिर २०७४, मंगलवार १२:२१

प्रकाश बम/मंसिर १९, डोटी । दोश्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख ५० हजार ७३३ जना मतदाता मतदानमा सहभागी हुने भएका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० जना मतदाता रहेका छन् ।

कैलालीमा दुई लाख २३ हजार ५०९ पुरुष, दुई लाख ३७ हजार ६३ महिला र आठ जना तेस्रोलिंगी रहेका छन् ।

प्रदेश नम्बर ७ मा सबैभन्दा कम मतदाता डडेल्धुरामा रहेका छन् । डडेल्धुरामा ४० हजार १५६ पुरुष र ४१ हजार ५७६ महिला गरी कुल ८१ हजार ७३२ मतदाता रहेका छन् ।

कञ्चनपुरमा एक लाख २८ हजार ५२३ पुरुष, एक लाख ३६ हजार ४५१ महिला र एक तेस्रोलिंगी गरी दुई लाख ६४ हजार ९७५ मतदाता रहेका छन् । अछाममा ६४ हजार ७७६ पुरुष, ७२ हजार १२५ महिला र दुई तेस्रोलिंगी गरी एक लाख ३६ हजार ९०३ मतदाता रहेका छन् ।

डोटीमा भने ४९ हजार १४३ पुरुष र ५७ हजार ४०० महिला गरी कुल १ लाख ६ हजार ५४३ मतदाता रहेका छन् । प्रदेशका अन्य जिल्लामा भने मंसिर १० मा नै निर्वाचन सम्पन्न भइसकेको छ ।

यस्तै डोटी, अछाम, डडेल्धुरा, कैलाली र कञ्चनपुर गरी पाँच जिल्लामा कुल १२ प्रतिनिधी सभा र २४ प्रदेश सभाका निर्वाचन क्षेत्रहरु छन् ।

मतदानको समय नजिक रहदा सुरक्षाको सतर्कता पनि उच्च पारेको क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेलले बताउनुभयो । सुरक्षा ब्यबस्थाका लागि गस्ती  बढाउने र सिभिल जनशक्ति बढी परिचालन गरिने उहाले बताउनुभयो ।

निर्वाचन अबधिभरका सुरक्षाकर्मीको ‘ब्याकफोर्स’ र ‘रिजर्भ फोर्स’ पनि तयारी अबस्थामा राखिएको बताउदै मतदान केन्द्रमा सहज पहुँच पुग्ने गरी ती फोर्सहरु राखिएको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला