मङ्सिर १९, काठमाडौँ | फेसन डिजाइनको दुनियामा एक सफल व्यवसायिको नाम हो कल्पना लिम्बु । उनै कल्पना अहिले काठमाडौं क्षेत्र नै ३ मा प्रतिनिधिसभाको महिला सदस्य समानुपातिक तर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १९, काठमाडौँ | फेसन डिजाइनको दुनियामा एक सफल व्यवसायिको नाम हो कल्पना लिम्बु । उनै कल्पना अहिले काठमाडौं क्षेत्र नै ३ मा प्रतिनिधिसभाको महिला सदस्य समानुपातिक तर"/>
५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ढाका विस्तारजस्तै सम्बृद्ध देश बनाउने लिम्बुको सपना

१९ मंसिर २०७४, मंगलवार १४:२०

मङ्सिर १९, काठमाडौँ | फेसन डिजाइनको दुनियामा एक सफल व्यवसायिको नाम हो कल्पना लिम्बु । उनै कल्पना अहिले काठमाडौं क्षेत्र नै ३ मा प्रतिनिधिसभाको महिला सदस्य समानुपातिक तर्फ नेकपा एमालेबाट उम्मेदवार बनेकी छिन् ।

विसं २०६४ मा त्यही १५ हजार खर्चेर एउटा तान जम्मा गरी त्यसबाट ढाका बुन्न सुरु गरेकी लिम्बूले स्थापना गरेको ‘द हाइल्यान्ड आर्ट’ ले अहिले विश्व बजारमा नेपाली सीपबाट बनेका ढाका तथा ढाकाजन्य कपडाको पहिचानलाई विस्तार गर्दै आइरहेकी थिइन् ।

उनले ढाका तथा कपडा घरलु उद्योगमा निकै प्रगति हासिल गरेकी छिन् । नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा वि सं २०१९ मा जन्मिएकी लिम्बुले आदीबासी जनजाति भेषभुषा सम्बन्धी लत्ता कपडा विशेष ढाकासम्बन्धी विषयज्ञाता उनले ढाकाको उत्पादन सम्बद्र्धन र प्रवर्धन गरिरहेकी लिम्बु अहिले चुनावी मैदानमा छिन् । उनी नेकपा एमाले केन्द्रिय उद्योग तथा वाणिज्य विभाग सदस्य रहँदै आइरहेकी थिइन् ।


स्वदेश तथा विदेशका विभिन्न स्थानमा राम्रो उत्पादन तथा फेसन डिजाइनका लागि विभिन्न तालिम लिएकी छिन् । उनले ढाका बुन्ने तालिम घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रबाट तीन महिनाको तालिम, सुन्दरीजल बृद्धाश्रममा छ महिना तालिम, अमेरिकन प्रशिक्षकबाट १ वर्ष ढाका बुनाईका साथै कलर म्याचिङको तालिम लिएकी लिम्बु अहिले नेकपा एमालेको महिला प्रतिनिधि उम्मेदवार बनेकी हुन् ।

व्यवसाय विस्तारका क्रममा दक्षिण कोरियाबाट पहिलो विदेश यात्रा सुरु गरेकी उनले अहिले युरोपका विभिन्न २७ तथा अन्य विभिन्न मुलुकको भ्रमण गरेकी छिन् । उनले मिस नेपाल देखि राष्ट्रपतिले प्रयोगमा लयाउने ढाकाको कपडामा आफ्नो डिजाइन दिइसकेकी छिन् । उनले २०१४ कि मिस नेपाल सुविन लिम्बुलाई राष्ट्रिय पोसाक ढाकाको डिजाइन दिएकी थिइन् । यस बाहेक उनले मिस लिम्बुमा पनि ढाकाको कपडाको डिजाइन दिइसकेकी छिन् ।


लिम्बुले ढाकाको निर्माण डिजाइनमात्र नभई विभिन्न ढाकाको कपडा झल्किने र यसको डिजाइन सम्बन्धि चलचित्र, डकुमेन्ट्री तथा सर्ट मुभिहरुको समेत निर्माण गरेकी छिन् । ढाकाको डिजाइन र यसको सम्बद्र्धन प्रवद्र्धन सहयोग पुर्याउने लिम्बुलाई विभिन्न पुरस्कार तथा उनको कामको प्रशंशा गर्दै प्रशंशापत्र पनि प्राप्त भएको छ ।


उनी अहिले एमालेको तर्फबाट निर्वाचन जित्नेमा विश्वस्त छिन् । उनले ढाका प्रवद्र्धनमा सहयोग पुर्र्याजस्तै देशलाई सम्बृद्ध बनाउन पहल गर्ने बताएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने