२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा पहिलोपटक मतगणना स्थलमा सिसी क्यामरा जडान

२०७४, १९ मंसिर मंगलवार १४:५८

प्रेम सुनार/मङ्सिर १९, गुल्मी । गुल्मी जिल्लाको चुनावी ईतिहाँसमा पहिलो पटक मतगणना स्थलमा सिसी क्यामसरा जडान गरिएको छ । 

मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले आज देखि मत गणना स्थल बनाउने तयारी सुरु गरेको र त्यसमा सिसी क्यामसरा जडान  गर्न लागिएको जानकारी दिए । 

मुख्य निर्वाचन अधिकृत न्यौपानेले भने यस अघिको निर्वाचनमा त म यहाँ थिईन, सुने अनुसार सम्भवत गुल्मीमा मदगणना स्थलमा पहिलो पटक सिसी क्यामरा जडान गरिदै छ । 

उनका अनुसार मुख्य निर्वाचन कार्यालय रहेको पहिलो तलमा एक नम्वर क्षेत्रका दुई अलग अलग प्रदेश प्रदेश र पतिनिधी सभाका उमेदवारहरुको मतगणना हुने छ । 

जिल्ला प्रशासनको सभा हलमा  दुई नम्वर क्षेत्रको मतगणना स्थल बनाउन सुरु गरिएको छ । दुई स्थानका गेट खुल्ला रहेकोले सुरक्षा निकायले काँडेतारको व्यवस्थ गर्ने छ ।  क्षेत्र नम्वर १ का १ सय ३५  मतदान केन्द्र , क्षेत्र नम्वर २ मा १ सय १६ सहित २ सय  ५१ मतदान केन्द्र रहने छन भने मतदान स्थल दुवै  क्षेत्र गरी १ सय ३८ रहेका छन् । एउटै केन्द्रमा तिन वटा सम्म मतदान स्थल बनाएर  मतदाताहरुलाई कम भन्दा कम सय लाग्ने सुविधा दिने गरी बनाईएको छ । 

सवै केन्द्रका मतदान अधिकृत  सहित जिल्ला भर  सुरुमा २ हजार ९ सय ९६ कर्मचारी तोकिएकोमा  कुनै एक राजनैतिक दलले असन्तुष्टी जनाए पछि ४५ जना थप गरिए सहित कुल ३ हजार ४१ ज्ना कर्मचारी खटिने भएका छन् ।  

निर्वाचन निष्पक्ष, धाधली रहित र भय रहित बनाउन आफु र प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकाय विच राम्रो समन्वय र सहकार्य रहेको प्रमुख निर्वाचन अधिकृत न्यौपानेले बताए । 

‘शान्ति सुरक्षा चुस्त छ ,भय रहित भएर मतदान गरौं ’

यसै विच सुरक्षा लगायतको व्यवस्थापकिय पक्षको जिम्मेवारी रहने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सुरक्षा व्यवस्था चुस्त बनाईएकोले भय रहित भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । 

आजै मात्र दलहरु  सहित बसेको बैठकले पनि निर्वाचनलाई शान्तिपुर्ण, निष्पक्ष र धाधली रहित बनाउन सवै पक्ष जुट्ने निर्णय भएको  बताउँदै प्रमुख जिल्ला अधिकारी अर्यालले गुल्मी जिल्लावासी र यहाँका राजनैतिक दलहरु शौहार्दपुर्ण रुपमा प्रस्तुत हुने भएकाले कुनै अप्रिय घटना घट्न सक्ने आफुले अपेक्षा नराखेको बताए । 

वुथ क्याप्चर गर्ने , मतदातालाई धम्काउने , मतदान गर्न जानेहरुलाई रोक्ने जस्ता अवान्छिनिय कृयाक्लावलाई सुरक्षा निकायले निस्तेक्ष पार्ने उनको दावि छ । 

नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरी एक आपसमा समन्व्य गरी  अहिले देखि नै ठाउँ ठाउँमा गस्ती गरिएको , घरेलु तथा अन्य हात हतियारहरुको  चेक जाँच गर्ने गरिएको  समेत प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । 

उनले यो निर्वाचन ऐतिहाँसिक र  निकै महत्वपुर्ण भएकोले कोही पनि मतदाता मतदान गर्नबाट छुट्न नहुने अपिल गरे ।  गुल्मीमा स्थानिय तहको निर्वाचनमा ७० प्रतिशतको हाराहारीमा मत खसेको थियो ।  

यसपालीको निर्वाचनमा पनि जनताको व्यापक उत्साह देखिएकोले त्यति नै मत खस्ने अपेक्षा गरिएको छ । देश विदेशमा रहेका जिल्लावासीहरु धमाधम घर फर्किने क्रम जारी छ ।  सदरमुकाम सुनसान जस्तै बनेको छ भने गाउँमा मानिसहरु भरीभराउ भई सकेका छन् । 

युरोपियन युनियनद्धारा भेटघाट 

गुल्मी जिल्लाको निर्वाचन परिवेक्षकका रुपमा आई पुगेको एक टोलीले आज प्रमुख मतदान अधिकृत रामप्रसाद न्यौपाने संग सिष्टचार भेटघाट गरेको छ । उनिहरुले निर्वाचन निष्पक्ष र धाँधली रहित होस  सरकारको लक्ष्यलाई सघाउन युरोपियन युनियनले साथ दिदै आएको बताएका थिए । टोलीलाई स्वागत गर्दै प्रमुख निर्वाचन अधिकृत न्यौपानेले टोलीलाई  आफुले सहयोग गर्ने  टोलीबाट पनि आफुले सहयोगको अपेक्षा राखेको बताएका थिए । 

यसै विच  हिजो मध्ये रातीको मौन अवधी सम्म छिटफुट केहि घटना वाहेक गुल्मी जिल्लाको चुनाव प्रचार प्रशार शान्तिपुर्ण रहेको पाईएको छ । विगतमा ठाउँ ठाउँमा कार्यकर्ताहरु विच झडप हुने जस्ता ठुला घटना यसपाली घटेनन् । 

दलहरु एक आपसमा स्ययम देखिएका छन् । चुनावी प्रतिष्पधी भए पनि  एक देखि अर्को दलका उमेदवारहरु निर्वाचनलाई शान्तिपुर्ण र धाधली रहित बनाउन साँझमा एकले अर्कोलाई फोन कुराकानी गर्ने गरेको बताउँ छन् ।  समग्रमा यहाँका राजनैतिक दलहरु सानो तिनो विवादमा स्वयम भएर मिल्ने र मिलाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा