२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानमा ५४ मतदान केन्द्र अति संवेदनशिल

२०७४, २० मंसिर बुधबार ०७:४४

शंकर केसी/मङ्सिर २०, सल्यान । सल्यानमा विहिबार (भोलि) हुन लागेको प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनको तयारि पुरा भएको छ । 

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारि अनुसार जिल्लाका १८० मतदान केन्द्रमा मदतान अधिकृत, सहायक मतदान अधिकृत लगाएतको कर्मचारि टोलि खटिसकेको छ ।

निर्वाचनका लागी आवश्यक सम्पूर्ण सामाग्री पनि सम्बन्धीत क्षेत्रमा पुगिसकेको जिल्ला निर्वाचन अधिकारि महेश शर्माले बताए । 

उनका अनुसार सल्यानमा १४३८ कर्मचारि निर्वाचनका लागी परिचालित छन् । मदतान केन्द्रबाट बुधबार पनि मतदाता परिचय पत्र वितरण हुने मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले बताए । उनका अनसार सबै मतदान केन्द्रमा मतदान स्थल निर्माण कार्य चलिरहेको छ । उनले भने–‘मतदाताहरुले सजिलो ढंगबाट लाइनमा बसेर मतदान गर्न पाउन् भनेर त्यसै अनुसारको मतदानस्थन निर्माण भइरहेको छ ।’

तीन पदका लागी २२ जनाको प्रतिष्पर्धा

सल्यानमा तीन पदका लागी २२ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । प्रतिनिधीसभाका लागी एउटा र प्रदेशसभाका लागी दुइवटा निर्वाचन क्षेत्र रहेको सल्यानमा प्रतिनिधीसभाका लागी ८ जना चुनावी मैदानमा छन् । जिल्ला निवाृचन कार्यालयका अनुसार प्रतिनिधीसभाका लागी बाम गठबन्धनबाट टेक बहादुर बस्नेत, राजेन्द्र बहादुर शाह नेपाली कांग्रेसबाट, बल वहादुर गिरी नेपाल कम्युनिष्ट पार्टी (माले) बाट, खड्ग बहादुर पुन राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवार छन् ।

यस्तै ढकन प्रसाद शर्मा राष्ट्रिय जनमोर्चाबाट, सुमन कुमार विश्वकर्मा नयाँ शक्ति पार्टी, नेपालबाट, गुरु प्रसाद भण्डारी एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बाट र उमाकान्त शर्मा स्वतन्त्र तर्फबाट प्रतिनिधीसभाका लागी उम्मेदवार छन् ।

यस्तै प्रदेशसभा एकमा ५ जना मैदानमा छन् । प्रदेशसभा चुनावका लागि यस क्षेत्र नम्बर १ मा दार्मा गाउँपालिका, ढोरचौर गाउँपालिका, कुमाखमालिका गाउँपालिका, बाघचौर नगरपालिका, शारदा नगरपालिकाका वडा नं. ६, ७, १४, १५ र बनगाड कुपिण्डे नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ रहेका छन् ।

यस क्षेत्रमा बाम गठबन्धनबाट गुलावजंग शाह, एक राज डाँगी नेपाली कांग्रेसबाट, भीम प्रकाश शर्मा स्वतन्त्रबाट, दले वुढामगर राष्ट्रिय जनमोर्चाबाट र टोप वहादुर रोका नेपाल कम्युनिष्ट पार्टी (माले)बाट रहेका छन् ।

यस्तै प्रदेशसभा दुइमा कालिमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, कपुरकोट गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिकाका वडा नं. ८, ९, १०, ११, १२ र शारदा नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११, १२, १३ रहेका छन् । यस क्षेत्रमा ९ जनाले चुनावमा प्रतिष्पर्धा गर्दैछन् ।

प्रकाश ज्वाला बाम गठबन्धनबाट, डिल्लीराज रेग्मी नेपाली कांग्रेसबाट बेद प्रसाद खत्री क्षेत्री राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बाट, विमल राज डी.सी नयाँ शक्ति पार्टी, नेपालबाट, राजेन्द्र वीर राय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, डण्ड विर पुन राष्ट्रिय जनमुक्ति पार्टीबाट हिमलाल बुढाथोकी जनसमाजवादी पार्टी, नेपालबाट, शोभाराम थापा क्षेत्री राष्ट्रिय जनमोर्चाबाट र धन बहादुर विश्‍वकर्मा स्वतन्त्रबाट छन् । अर्का स्वतन्त्र उम्मेदवार जित बहादुर पुनले विज्ञप्ती निकालेर उम्मेदवारि फिर्ता लिइसकेका छन् ।

स्थानीय तहको भन्दा दोब्बर सुरक्षाकर्मी परिचालन

यसैविच जिल्ला प्रशशन कार्यालयले निर्वाचनलाइ लक्षित गरि सुरक्षा प्रवन्ध मजबुत पारेको जनाएको छ । प्रमुख जिल्ला अधिकारि परमानन्द घिमिरेले जिल्लाको सुरक्षा व्यवस्था चुस्त दुरुस्त र भरपर्दाे मारिएको बताए । नेपाल प्रहरी, म्यादि प्रहरि, शशस्त्र प्रहरी र नेपालि सेनाले निर्वाचन सुरक्षा दिने उनले बताए । 

घिमिरेले बुटवल टुडेसंग भने– ‘६ नम्बर प्रदेशका धेरै जिल्लामा चुनाव सकिएको छ, सल्यान, दैलेख र सुर्खेत मात्रै चुनाव हुन बाँकी रहेको हुँदा स्थानीय तहको भन्दा झण्डै दोब्बर सुरक्षाकर्मी परिचालन भएका छन् ।’

यसैविच जिल्ला प्रशाशनले  सल्यानका ५४ मतदान केन्द्रलाइ अति संवेदनशिलको सुचिमा राखेको छ । यस्तै ३७ केन्द्रलाइ संवेदनशिल र २० मतदान केन्द्रलाइ सामान्यमा राखिएको प्रमुख जिल्ला अधिकारि घिमिरेले बताए । उनले सबै मतदान केन्द्रमा सञ्चार सम्पर्क हुन नसक्ने भएकोले सुरक्षाकर्मीकै सेटमा भरपर्नुपर्ने अवस्था रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल