२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

मतदातालार्इ पैसा बाँड्न बोकेको तीन लाखसहित एमाले कार्यकर्ता प्रहरीको फन्दामा

२०७४, २० मंसिर बुधबार ०७:५६

मङ्सिर २०, वीरगन्ज । पर्साको पोखरीयाबाट सशस्त्र प्रहरीले एमालेका उम्मेदवारको पक्षमा मत खरिद गर्नका लागि पैसा बोकेर हिँडेका एमालेका कार्यकर्तालाई नगद रकमसहित पक्राउ गरेको छ । 

पर्साको क्षेत्र नम्बर ३ मा पर्ने पोखरीया नगरपालिका ९ सोमरबारी चोकबाट सशस्त्र प्रहरीले बुधबार बिहान एमाले कार्यकर्तालाई तीन लाख नगदसहित पक्राउ गरेको हो।

पर्साको बहुदरमाई नगरपालिका ७ फुलकौल टोला अशोककुमार गुप्ता रौनियार, वासुप्रसाद यादव र वृजेष पटेल पक्राउ परेका हुन्। रौनीयार, पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार एवम् एमाले नेता राजकुमार गुप्ता रौनीयारका भाइ हुन्।

ना १ ह ९३३२ अटो रिक्सालाई समेरबारी चोकमा सशस्त्र प्रहरीले शंका लागेर चेकजाँच गर्दा नगद तीन लाखसहित एमालेको चुनाव चिन्हमा स्वस्तिक छाप लगाइएको मतपत्रका नमुना, एमालेको चुनाव चिन्ह अंकित पर्चालगायतका चुनावी प्रचारका सामाग्री बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा दत्त पन्तले जानकारी दिए।

‘गाँउ तिर जाँदै गरेको अटो रिक्सा चेकजाँच गर्दा एक जनाको साथबाट दुई लाख र अर्का एक जनाको साथबाट एक लाख रुपैयाँ बरामत भएको छ, ’उनले भने ,‘रकमसंँगै एमालेको झण्डा, नमुना मतपत्र समेत अटो रिक्साबाट बरामद भएको छ।’

नगद रकमसहित पक्राउ परेका तीन जनालाई आवश्यक अनुसन्धान र कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरीयाको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक पन्तले जानकारी दिए । अन्नपुर्ण पोस्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल