१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

मतदातालार्इ पैसा बाँड्न बोकेको तीन लाखसहित एमाले कार्यकर्ता प्रहरीको फन्दामा

२० मंसिर २०७४, बुधबार ०७:५६

मङ्सिर २०, वीरगन्ज । पर्साको पोखरीयाबाट सशस्त्र प्रहरीले एमालेका उम्मेदवारको पक्षमा मत खरिद गर्नका लागि पैसा बोकेर हिँडेका एमालेका कार्यकर्तालाई नगद रकमसहित पक्राउ गरेको छ । 

पर्साको क्षेत्र नम्बर ३ मा पर्ने पोखरीया नगरपालिका ९ सोमरबारी चोकबाट सशस्त्र प्रहरीले बुधबार बिहान एमाले कार्यकर्तालाई तीन लाख नगदसहित पक्राउ गरेको हो।

पर्साको बहुदरमाई नगरपालिका ७ फुलकौल टोला अशोककुमार गुप्ता रौनियार, वासुप्रसाद यादव र वृजेष पटेल पक्राउ परेका हुन्। रौनीयार, पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार एवम् एमाले नेता राजकुमार गुप्ता रौनीयारका भाइ हुन्।

ना १ ह ९३३२ अटो रिक्सालाई समेरबारी चोकमा सशस्त्र प्रहरीले शंका लागेर चेकजाँच गर्दा नगद तीन लाखसहित एमालेको चुनाव चिन्हमा स्वस्तिक छाप लगाइएको मतपत्रका नमुना, एमालेको चुनाव चिन्ह अंकित पर्चालगायतका चुनावी प्रचारका सामाग्री बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा दत्त पन्तले जानकारी दिए।

‘गाँउ तिर जाँदै गरेको अटो रिक्सा चेकजाँच गर्दा एक जनाको साथबाट दुई लाख र अर्का एक जनाको साथबाट एक लाख रुपैयाँ बरामत भएको छ, ’उनले भने ,‘रकमसंँगै एमालेको झण्डा, नमुना मतपत्र समेत अटो रिक्साबाट बरामद भएको छ।’

नगद रकमसहित पक्राउ परेका तीन जनालाई आवश्यक अनुसन्धान र कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरीयाको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक पन्तले जानकारी दिए । अन्नपुर्ण पोस्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु