५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् आफूलाई मतदान गर्न नसक्ने उम्मेदवार (सुचिसहित)

२१ मंसिर २०७४, बिहीबार ०७:२४

मङ्सिर २१, काठमाडौँ । आज भईरहेको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका केही उम्मेदवारले आफूलाई नै मतदान गर्न पाएनन् । 

मतदान गर्न नपाउनेहरूमा पूर्व प्रधानमन्त्रीदेखि वर्तमान उपप्रधानमन्त्री, मन्त्री र पार्टीका शीर्ष नेताहरूसम्म हुनुहुन्छ । आफ्नो मतदाता नामावली रहेको स्थानबाट उम्मेदवारी नदिई अन्य स्थानबाट उम्मेदवारी दिएका कारण उहाँहरूले आफूलाई मतदान गर्नबाट वञ्चित भएका हुन् । 

मतदाता नामावलीमा नाम जहाँ छ, सोही स्थानबाटमात्रै मतदान गर्न पाउने कानुनी प्रावधानका कारण उहाँहरूले आफ्नो मत आपूmलाई सुरक्षित गर्न नसकेका हुन् । 

झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दिनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपूm उम्मेदवार रहेको क्षेत्रमा मतदान गर्न पाउनुभएन । उहाँले भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ । 

काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिनुभएका पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफूलाई मतदान गर्न पाउनुभएन । उहाँको मतदाता नामावली रौतहटमा छ । 

दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवार उपप्रधानमन्त्री तथा माओवादी नेता कृष्णबहादुर महरा, सोही क्षेत्रको प्रदेशसभा सदस्य ‘क’ बाट उम्मेदवार एमाले नेता शंकर पोखरेलको पनि आफूलाई मत हाल्न पाउनुभएन । उपप्रधानमन्त्री महराको रोल्पामा मतदाता नामावली नाम भएका कारण तथा एमाले नेता पोखरलेको क्षेत्र नं २ को प्रदेशसभा ख मा मतदाता नामावलीमा नाम भएका कारण आफूलाई मतदान गर्न नपाउनुभएको हो । 

काठमाडौँमा मतदाता नामावलीमा नाम रहेका नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला काठमाडौँबाटै मतदान गर्दै हुनुहुन्छ । उहाँले प्रदेश नं ४ अन्तर्गत नवलपरासी क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि उम्मेदवार हुनुहुन्छ । उहाँले नवलपरासीबाट आफू काठमाडौँमा मतदानका लागि आएको जानकारी दिनुभयो । 

काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवार रहनुभएका पूर्व उपप्रधानमन्त्री तथा काँग्रेस नेता प्रकाशमान सिंहले पनि आफूलाई मतदान गर्न पाउनुभएन । उहाँले काठमाडौँ क्षेत्र नं ७ बाट मतदान गर्नुभयो । 

काँग्रेस नेता कृष्णप्रसाद सिटौला झापा प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार भएपनि उहाँको मतदाता नामावली रहेको भद्रपुर नगरपालिका–१०, झापा क्षेत्र नं १ मा परेपछि आपूmले आफैँलाई मतदान गर्न पाउनुभएन । 

वाम गठबन्धनका तर्फबाट झापा–१ बाट प्रतिनिधिसभाका उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका नेता तथा पूर्व सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको मतदाता नामावली काठमाडौँ क्षेत्र नं १ मा भएकाले उहाँले पनि आफूले आफैँलाई मतदान गर्न पाउनुभएन । 

अर्थमन्त्री एवम् काँग्रेसबाट सुनसरी क्षेत्र नं ४ बाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की, काँग्रेसबाट काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार डा. प्रकाशशरण महत, काँग्रेसबाट कैलाली क्षेत्र नं ५ की उम्मेदवार डा. आरजु देउवा, भक्तपुर क्षे नं २ का उम्मेदवार दमननाथ ढुंगानाले पनि आफूलाई मतदान गर्न पाउनुभएन । 

काँग्रेसका तर्फबाट उम्मेदवाहरू डा. महतले नुवाकोटमा मतदाता नामावलीमा नाम भएका कारण, भोजपुरका मतदाता रहेका कारण कार्कीले, डडेल्धुरामा नामावली रहेका कारण डा. राणाले र काठमाडौँको मतदाता रहेका कारण ढुंगानाले मतदान गर्न नपाउनुभएको हो । 

काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा मतदाता नामावली नाम भएका माओवादी केन्द्रका नेता हितमान शाक्य काठमाडौँ निर्वाचन क्षेत्र नं १० बाट प्रतिनिधिसभाका लागि उम्मेदवार हुनुहुन्छ । पश्चिम रुकुममा मतदाता नामावली रहेका नेकपा (माओवादी केन्द्र)का नेता अनिलकुमार शर्मा काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवार हुनुहुन्छ भने रोल्पामा मतदाता नामावली भएका झक्कुप्रसाद सुवेदी काठमाडौँ क्षेत्र नं ६ बाट उम्मेदवारी दिनुभएको छ । 

माओवादीका तर्फबाट उम्मेदवार बन्नुभएका शाक्य, शर्मा र सुवेदी तीनैजनाले आफँैलाई मतदान गर्न पाउनुभएन । उहाँहरूले आफ्नो मत आफूलाई हाल्न पाउने चाहना भए पनि नसकिएको प्रतिक्रिया दिनुभयो । 

काठमाडौँ क्षेत्र १ का उम्मेदवार शर्माले भन्नुभयो, “आफ्नो मत आफँैलाई दिन नपाउँदा खल्लो अनुभव भएपनि लाखौं मतदाताका बीचबाट राष्ट्र निर्माणको जिम्मेवारीमा रहेकाले खुशी नै लागेको छ ।” 

आज बिहान मोरङबाट मतदान गर्नुभएका संघीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट उम्मेदवार हुनुहुन्छ । उहाँले आफूले आफूलाई मतदान गर्न नपाएको सन्दर्भमा भन्नुभयो, “जहाँ मतदान गरेपनि सबै आफैँलाई नै त हो ।” 

सर्लाहीका मतदाता तथा राजपा नेता राजेन्द्र महतो धनुषा क्षेत्र नं ३ बाट उम्मेदवार हुनुहुन्छ । उहाँले “कानुनी तथा व्यावहारिक कारण आज मतदान गर्न सकिएन, तर पनि म लाखौं मतदाताको बीचमा छु, त्यसैमा खुशी छु” भन्नुभयो । 

ललितपुर भैंसीपार्टीका मतदाता तथा विवेकशील साझा पार्टीका अध्यक्ष्य रविन्द्र मिश्र काठमाडौँ क्षेत्रं १ बाट उम्मेदवार हुनुहुन्छ । उहाँले पनि आपूmलाई मतदान गर्न पाउनुभएन । 

प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ३८ को उपदफा १ मा भनिएको छ–कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावली नाम दर्ता भएका मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सोही वडाको निजलाई तोकिएको मतदान केन्द्रमा मतदान गर्नुपर्नेछ । हरि लामिछाने/किरण भट्टराई/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह