१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा उत्साहपूर्ण मतदान जारी, ६० प्रतिशत मत खस्यो (फोटो फिचर)

२१ मंसिर २०७४, बिहीबार १०:०३

मंसिर २१, काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचन अन्तर्गत काठमाडौँमा ४ बजेसम्म ६०% मतदान भएको छ । 

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी र साझा सबाल मिडियाकै फिल्ड अपडेट अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य सञ्चालन भइरहेको छ । 

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ । पहाडी तथा तराईका गरी ४५ जिल्लामा सञ्चालन भइरहेको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । 

हेर्नुहोस् तश्विर अपडेट:- 

टोखा स्थित सरस्वतीमाविमा मतदानका लागि लाइनमा बसेका मतदाताहरु । २७०० मतदाता भएका यहाँ १ बजेसम्ममा ४० प्रतिशत मत खसेको छ ।

 काठमाडौँ बालाजु स्थित मत्स्य केन्द्र मतदान केन्द्रमा मतदान जारी । १८४७ मतदाता भएका यहाँ दिउँसो २ बजेसम्ममा ५५ प्रतिशत मत खसेको छ । 


 काठमाडौँ बालाजु स्थित मत्स्य केन्द्र मतदान केन्द्रमा मतदान गर्न लाइनमा बसेका मतदाताहरु ।

 

 काठमाडौँ बालाजु स्थित मत्स्य केन्द्र मतदान केन्द्रको रमणीय अवस्थिति ।

काठमाडौँको तारकेश्वर नगरपालिका स्थित नेपाल राष्ट्रिय मावि मतदान केन्द्रमा मतदान गर्दै मतदाताहरु | 

भित्र मतदान, बाहिर भीड  । 

काठमाडौँको डाँडागाउँ गाविस भवन मतदान केन्द्रमा उत्साहपूर्ण मतदान  । 

काठमाडौँ फुटुङ्गस्थित मतदान केन्द्रमा मतदान हुँदैन | यहाँ २८५० मतदाता मध्ये २:१५ सम्मको अपडेट अनुसार १७०३ मत खसेको छ । 


काठमाडौँ मनमैजु स्थित मनमैजु मतदान केन्द्रमा मतदान हुँदैन | यहाँ २३८६ मतदाता रहेकोमा २ बजेसम्ममा १४९८ जनाले मतदान गरेका छन्  । 

मतदान गरेर घर फर्कंदै मतदाताहरु । 

३:०० बजे – मतदान केन्द्र मानसिङ्ग स्कुलमा मतदाता कुर्दै । यहाँ २२५५ मतदाता रहेकोमा १४५० मत खसिसकेको छ । 


मतदान गर्ने कामको अन्त्य हुन् डेढ घण्टा मात्र बाँकी रहँदा मतदान स्थल बाहिरको दृश्य | 

 

काठमाडौँ बानियाटार स्थित मतदान केन्द्रमा मतदान जारी, यहाँ ३ बजेसम्ममा ५५ प्रतिशत मत खसेको छ | ३१३४ मतदाता रहेका यहाँ १७२१ जनाले मतदान गरेका छन् | 

तश्विर: साझा सबाल/काठमाडौँ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु