२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा उत्साहपूर्ण मतदान जारी, ६० प्रतिशत मत खस्यो (फोटो फिचर)

२०७४, २१ मंसिर बिहीबार १०:०३

मंसिर २१, काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचन अन्तर्गत काठमाडौँमा ४ बजेसम्म ६०% मतदान भएको छ । 

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी र साझा सबाल मिडियाकै फिल्ड अपडेट अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य सञ्चालन भइरहेको छ । 

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ । पहाडी तथा तराईका गरी ४५ जिल्लामा सञ्चालन भइरहेको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । 

हेर्नुहोस् तश्विर अपडेट:- 

टोखा स्थित सरस्वतीमाविमा मतदानका लागि लाइनमा बसेका मतदाताहरु । २७०० मतदाता भएका यहाँ १ बजेसम्ममा ४० प्रतिशत मत खसेको छ ।

 काठमाडौँ बालाजु स्थित मत्स्य केन्द्र मतदान केन्द्रमा मतदान जारी । १८४७ मतदाता भएका यहाँ दिउँसो २ बजेसम्ममा ५५ प्रतिशत मत खसेको छ । 


 काठमाडौँ बालाजु स्थित मत्स्य केन्द्र मतदान केन्द्रमा मतदान गर्न लाइनमा बसेका मतदाताहरु ।

 

 काठमाडौँ बालाजु स्थित मत्स्य केन्द्र मतदान केन्द्रको रमणीय अवस्थिति ।

काठमाडौँको तारकेश्वर नगरपालिका स्थित नेपाल राष्ट्रिय मावि मतदान केन्द्रमा मतदान गर्दै मतदाताहरु | 

भित्र मतदान, बाहिर भीड  । 

काठमाडौँको डाँडागाउँ गाविस भवन मतदान केन्द्रमा उत्साहपूर्ण मतदान  । 

काठमाडौँ फुटुङ्गस्थित मतदान केन्द्रमा मतदान हुँदैन | यहाँ २८५० मतदाता मध्ये २:१५ सम्मको अपडेट अनुसार १७०३ मत खसेको छ । 


काठमाडौँ मनमैजु स्थित मनमैजु मतदान केन्द्रमा मतदान हुँदैन | यहाँ २३८६ मतदाता रहेकोमा २ बजेसम्ममा १४९८ जनाले मतदान गरेका छन्  । 

मतदान गरेर घर फर्कंदै मतदाताहरु । 

३:०० बजे – मतदान केन्द्र मानसिङ्ग स्कुलमा मतदाता कुर्दै । यहाँ २२५५ मतदाता रहेकोमा १४५० मत खसिसकेको छ । 


मतदान गर्ने कामको अन्त्य हुन् डेढ घण्टा मात्र बाँकी रहँदा मतदान स्थल बाहिरको दृश्य | 

 

काठमाडौँ बानियाटार स्थित मतदान केन्द्रमा मतदान जारी, यहाँ ३ बजेसम्ममा ५५ प्रतिशत मत खसेको छ | ३१३४ मतदाता रहेका यहाँ १७२१ जनाले मतदान गरेका छन् | 

तश्विर: साझा सबाल/काठमाडौँ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा