१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्य दिन भन्दा आज काठमाडौँ खूलेको देखियो ! (फोटो फिचर)

२१ मंसिर २०७४, बिहीबार ११:३८

मङ्सिर २१, काठमाडौँ | दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनका कारण ४५ जिल्लामा निर्वाध रुपमा सवारी चलाउन नपाउँदा व्यस्त सडक खुला देखियो । अरु बेला सवारी चाप र सडकको धुलो उडाउदै हुइकिने सवारीहरु चल्न पाएनन् जसको कारण एक दिन भने पनि काठमाडौँमा खुलम-खूला सडकमा पैदल यात्रुहरु हिडेको देखियो । 

सवारी फ्याट-फुट मात्र चल्दा काठमाडौँमा संधै सडकमाथि मडारिने धुलो अरु बेलामा झैं देखिएन । अन्य दिन भन्दा काठमाडौँ खूलेको देखियो । 

आज दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ । सवारी निर्वाध रुपमा चलाउँदा निर्वाचन प्रक्रियामा अवरोध तथा बिभिन्न घटना घट्ने हुँदा निर्वाचनमा अनुमति पाएका सवारीहरु मात्र हिड्न पाउँछन् ।

आज बिहानैदेखि स्वीकृत प्राप्त सवारी साधनहरु र एम्बुलेन्स बाहेक अन्य सवारी नचल्दा काठमाडौँ सहित निर्वाचन भएका ४५ जिल्लाका सदरमुकाम सहित व्यस्त सहरका सडकहरुमा पैदल यात्रीहरुको मात्र चाप देखियो । हामीले काठमाडौँकोकेही दृश्यलाई फोटोफिचरमा देखाएका छौं । 

तश्विर: साझा सबाल/काठमाडौँ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु