२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लामा मतगणना सुरु

२०७४, २१ मंसिर बिहीबार १२:१३

रेशम राज रोकाया/मंसिर २१, हुम्ला । हुम्लामा अहिले ५ बजेबाट मतगणना सुरु भएको छ । प्रदेश र संघको दुवै तर्फको मतगणना सुरु भएको हो । 

अहिले प्रतिनिधी सभा तर्फको ताँजाकोट गाउँपालिकाको वडा नं. १ र ५ वडाको मतगणना सुरु भएको छ भने प्रदेश तर्फको ताँजाकोट गाउँपालिकाकै वडा नं. ४ र ५ को मतगणना सुरु भएको छ । 

जम्मा ७ गाउँपालिका रहेको हुम्लामा १ प्रतिनिधी सभा र २ जना प्रदेश सभासद छानिने छन् । मतगणना गर्नको लागि तिन तिन समूहको मतगणना समूहको व्यवस्था गरिएको छ भने मतगणना जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको छ । 

हुम्लाबाट प्रतिनिधी सभामा स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामा, नेपाली काँग्रेसका मंगल बहादुर शाही विच कडा टक्कर पर्ने आँकलन गरिएको छ । त्यसै गरी क्षेत्र नंं. १ मा वामगठबन्धनका तर्फबाट नेकपा एमालेका दल रावल र नेपाली काँग्रेसका ठान बहादुर रोकाया विच कडा प्रतिष्पर्धा हुने देखिएको छ । २ नं. क्षेत्रमा भने बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका विजय भण्डारी प्रतिरोध र नेपाली काँग्रेसका पूर्व खानेपानी तथा सरसफाई मन्त्री जीवन बहादुर शाही विच कडा प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ ।

मतगणना स्थलमा संचारकर्मी, राजनैतिक दलका प्रतिनिधी र मतगणना टोली बाहेक अन्य कोही कसैलाई प्रवेश गर्नको लागि रोक लगाईएको छ । संचारकर्मीलाई पनि कडा सुरक्षा जाँच गरी स्थलमा प्रवेश गराईएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल