१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटमा प्रतिनिधि सभामा बाम गठबन्धनको अग्रता

२१ मंसिर २०७४, बिहीबार १४:४८

दलसिंह गिरी/मङ्सिर २०, कालीकोट । मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका मतगणना सुरु भएको छ । 

पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान भएका थिए ।  ७ वटै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्र छन् । संविधानसभा जस्तै प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० सिट छन् ।

कालीकोटमा मंसिर १० गते भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मत गणना शुरु भएको छ । यो समाचार तयारपार्दा सम्म भएको मतगणना अनुसार प्रतिनिधि सभाका लागि बाम गठबन्धनका उम्मेदार दुर्ग बहादुर रावत अगाडी रहेका छन् । 

दुर्ग बहादुर रावतले २ सय ६९ मत ल्याएका छन् भने उनका प्रत्यासी लोकतान्त्रीक गठबन्धनका भूपेन्द्रजंग शाहीले २ सय १८ मत ल्याएका छन् । यस्तै प्रदेश सभाका लागि क्षेत्र नं. क तर्फ बाम गठबन्धनका कुर्मराज शाही भारीमतले अगाडी रहेका छन् । 

उनका प्रत्यासी लोकतान्त्रीक गठबन्धनका टेक बहादुर शाहीले ८७ मत मात्र पाएका छन् । यस्तै प्रदेश सभा क्षेत्र नं. ख तर्फ भने लोकतान्त्रिकका कालिबहादुर सहकारी ४ सय १३ मत ल्याएर अग्र स्थानमा रहेका छन् । उनका प्रत्यासी बाम गठबन्धनका महेन्द्र बहादुर शाहीले ४ सय ५१ मत मात्र ल्याएका छन् ।

दोस्रो चरणको मतदान सम्पन्न भए लगतै बेलुका ५ बजेबाट मत गणना सुरु भएको थियो । मतगणनालाई सहज र चुस्त ढंगबाट सम्पन्न गराउन दल र उम्मेद्वार सहितको वैठकले मतपत्र वदरका संम्वन्धमा मान्ने हुने र मान्ने नहुने विषयमा हिजो नै निर्णय गरिसकेको जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ठाउँ जिल्ला अदालतभित्रै मतगणना शुरु भएको छ । 

मतगणनास्थलमा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ भने तीन समूह बनाएर प्रतिनिधी सभा र प्रदेश सभा का २ निर्वाचन क्षेत्रको मत गठना शुरु गरिएको छ ।

मतगणनाको लागि एउटा समुहमा ६ जना गणक कर्मचारीहरु खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मत गणना शुरु भएपछि ३ दिनदेखि ४ दिनभित्रै अन्तिम नतिजा आइसक्ने अनुमान गरिएको छ । 

प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकको गणना गरिनेछ । ६४ हजार ९ सय ६१ मत दाता रहेको कालिकोटमा मतदान भने ४२ हजार ७ सय ४१ अर्थात ६५ प्रतिशत मात्र खसेको थियो । 

मत गणना शुरु भए संगै राजनीतक दलका नेता, उम्मेद्वार र तीनका समर्थकहरुबीच चुनावी अनुमान हरु पनि बढ्न थालेका छन् । बाम गठबन्धन र लोकतानित्रक गठबन्धनबीच कालीकोटमा तीब्र प्रतिष्पर्धा भएको ठानिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु