2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा वामगठबन्धनका यज्ञराज र अम्बिरको सुरुआती अग्रता

पूर्णप्रसाद न्यौपाने । ओखलढुंगामा पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ । प्रदेश सभा क र संघिय प्रतिनिधिसभा तर्फको पहिलो चरणको मत परिणाम सार्वजनिक भएको हो । पहिलो चरणको मतपरिणाम आउँदा वामगठबन्धनका उमेद्वारहरु अघि छन् ।

संघतर्फ लिखु गाउँपालिका र प्रदेश तर्फ चिशंखुगढी गाउँपालिकाबाट मत गणना सुरु गरिएको थियो । प्रतिनिधि सभा तर्फ लिखुगाउँ पालिका १,२ र ८,९ को मत गणना सकिएको छ । जस्मा वाम गठबन्धनका उमेद्वार यज्ञराज सुनुवारले २०७८ मत ल्याएका छन् भने कांग्रेसका रामहरि खतिवडाले ९९३ मत ल्याएका छन् । त्यस्तै नेकपा मालेका उमेद्वारले ८१, संयुक्त जनगणतान्त्रिक मोर्चाले ९, जनमोर्चाले ७,नेपाल मङगोलियन अर्गनाईजेसनले ५,नयाँ शक्तिले ३ मत ल्याएका छन् । 

प्रदेश सभा तर्फ चिशंखुगढी गाउँपालिका बाट मतगणना सुरु गरिएको छ । अहिले सम्म गणना भएको चिशंखुगढी १ र ८ को मतपरिणाम अनुसार वामगठबन्धनका अम्बिरबाबु गुरुङले ९५६ र कांग्रेसका मित्रसेन दाहालले ४५५ मत ल्याएका छन् । त्यस्तै संघिय समाजवादी फोरमले १२ , संयुक्त जनगणतान्त्रिक मोर्चाले ८ र नयाँ शक्तिले ५ मत ल्याएको छ । 

मंसिर १० मा सम्पन्न निर्वाचनमा ओखलढुंगाबाट  ६४.३७ प्रतिशत मत खसेको थियो । कुल १ लाख २ हजार २ सय ५० मतदाता मध्ये ६५ हजार ८ सय २१ मतदाताले मतदान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई