२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको प्रतिनिधि सभा र प्रदेश सभामा बामगठबन्धनका उम्मेदवार अग्रता

२०७४, २२ मंसिर शुक्रबार ०२:२१

सम्राट सिंह/ बझाङ । मंसिर १० गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ । 

हिजो सांझ ठिक ५ बजेबाट शुरु गरेको मत गणनामा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार पृथ्वी बहादुर सिंहले १२ हजार २ सय १३ मत प्राप्त गरेका गरेका छन भने बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार भैरव बहादुर सिंहले १४ हजार ३० मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन यस्तै प्रदेश सभा (क) मा काँग्रेसका उम्मेदवार चन्द्रादेवि जोशीले ६ हजार २ सय ९६ मत प्राप्त गरेका छन भने बामगठबन्धनका उम्मेदवार अर्जुन बहादुर थापाले ८ हजार ४ सय ४९ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन । 

यसैगरी प्रदेश सभा (ख) मा काग्रेसका उम्मेदवार नरेस बहादुर सिंहले ६ हजार ७ सय ६९ मत प्राप्त गरेका छन भने बामगठबन्धनकी उम्मेदवार देवकी मल्लले ७ हजार १ सय १० मत प्राप्त गरी अग्रस्थानमा रहेकी छन । 

बामगठबन्धनका मतदाता धेरै भएको ठाउँमा मतगणना गर्न बाँकी रहेकाले जिल्लामा बामगठबन्धनका ३ वटै उम्मेदवारहरु विजयी हुने अनुमान गरिएको छ ।

प्रतिनिधी सभाको लागी एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधी सभाको मतपत्र  दुइ ठांउमा एकै पटक गणना भैरहेको छ । भने प्रदेश सभाको एक एक ठांउमा गणना भैरहेको छ । 

बझाङ जिल्लामा कुल ६६ हजार २ सय ७३ मत खसेको छ । प्रतिनिधी सभाका लागी ७ जनाको प्रतिश्पर्धा रहेको यस जिल्लामा प्रदेश क को लागी ६ जना र ख को लागी ४ जना उम्मेदवार प्रतिश्पर्धा रहेको छ । 

सम्भवत भोली सांझ सम्म प्रतिनिधी सभा र प्रदेश सभाको अन्तिम मत परिणाम सार्वजनिक भैसक्ने र लगतै समानुपातिक तर्फको मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत पुर्णप्रशाद बांस्तोलाले जानकारी दिएका छन । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल