एमाले नेता तथा वाम गठबन्धनका उम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एमाले नेता तथा वाम गठबन्धनका उम"/>

2026-09-19 02:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगा क मा भारी मतान्तरले एमालेका अम्बिर गुरुङ विजयी, को हुन् अम्बिर गुरुङ ?

पूर्णप्रसाद न्यौपाने/मङ्सिर २२, ओखलढुंगा । ओखलढुंगा प्रदेशसभा ‘क’ मा अम्बिरबाबु गुरुङ भारी मतान्तरले विजयी हुनुभएको छ । 

एमाले नेता तथा वाम गठबन्धनका उमेद्वार गुरुङ १८ हजार ९ सय ८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्धोन्दि नेपाली कांग्रेसका मित्रसेन दाहाललाई ७ हजार २ मत मतले पछि पार्दै गुरुङ विजयी हुनुभएको हो । दाहालले मत ११ हजार ९ सय ६ ल्याउनुभएको छ ।

को हुन् अम्बिर गुरुङ ?

राजनीतिसँगै समाजसेवालाई अघि बढाएका एमाले नेता अम्बिरबाबु गुरुङ सामाजिक कामबाट जिल्लामा स्थापित छन् । उनी सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका बासिन्दा हुन् ।

उनी मालेकालीन समयमै नेकपा मालको सदस्यता लिएर राजनितिमा होमिएका थिए । ०५३ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएर काम गरे । ०५४ को स्थानीय निर्वाचनमा रुम्जाटार गाविसमा उनकै कमाण्डमा नेकपा एमालेले निर्वाचन परिचालन गरेको थियो । पहिलोपटक रुम्जाटारमा कम्युनिष्टहरुलाई जिताएर चर्चामा आएका गुरुङ ०५६ सालको प्रतिनिधी सभा सदस्यको निर्वाचनमा नेकपा मालेको तर्फबाट १ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार थिए । ८ वर्षपछि फेरि गुरुङ यस क्षेत्रबाट प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।

के के गरे अम्बिरले ?


युवाहरुलाई राजनीतिसँगै व्यवसाय र खेलकुदमा परिचालन गर्नु पर्ने मान्यता राख्ने उनी द्वन्दको समयमा अमेरिका र बेज्लियम लगायतका देशमा व्यवसाय गर्दै खेल क्षेत्रमा क्रियाशील थिए ।

उनकै अगुवाइमा अहिले साविक रुम्जाटार गाविसभरिका युवा क्लबहरु मर्ज गरेर रुम्जाटार युनाइटेड क्लब निर्माण गरे । उक्त क्लबले अहिले मोफसलकै सबैभन्दा बढी पुरस्कार राशिका फुटबल र भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

नेकपा एमालेको भवन निर्माण गर्न जग्गा प्राप्त हुनासाथ उनले पहिलो तला बनाइदिने घोषणा गरेर पहिलो तला निर्माण गर्न बजेट उपलब्ध गराएका थिए । उनी नेकपा एमालेको ०७१ फागुनको आठौं जिल्ला अधिवेशनबाट सचिवालय सदस्य निर्वाचित भए । अहिले पनि उनी एमालेको आर्थिक विभागका प्रमुख छन् ।

उनले विपन्न परिवारका १०० बालबालिकारुलाई विभिन्न निजी विद्यालयहरुमा आवाससहित निशुल्क पढाएर चर्चामा रहेका छन् । जिल्लामा हुने खेल क्षेत्रका सबै गतिविधीहरुमा गुरुङकै अगुवाइ र आर्थिक सहयोग रहने गरेका कारण युवापंति उनकै प्रचारमा जुटेका थिए । सामाजिक र आर्थिक रुपमा समस्यामा परेका व्यक्तिलाई सर्धैं सहयोग गर्ने स्वभावका कारण उनी बाम गठबन्धनका ओखलढुंगाका सशक्त र लोकप्रिय उम्मेदवार बने अन्ततः प्रतिस्पर्धीलाई सात हजार भन्दा बढि मतले पछि पारे ।   

ओखलढुंगाको रुम्जटारमा बन्न लागेको १ नं. प्रदेशकै सबैभन्दा ठूलो बौद्ध गुम्वा निर्माणका लागि सबैभन्दा पहिले सहयोग उपलब्ध गराएर धार्मिक पर्यटन भित्र्याउन थालिको अभियान चलाईरहेका छन् ।   

 आफुले चुनाव जितेर सांसद भएपछि सरकारी सुबिधा नलिने एमाले नेता अम्बिरबाबु गुरुङले घोषणा गरेका छन् । नेता गुरुङले आफुले सांसद भएबापत सरकारबाट पाउने सबै सेवा,सुबिधा जिल्लाका गरिब र विपन्न जनताको नाममा पारदर्शी रुपमा खर्च गर्ने घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई