2026-09-19 02:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा भारी मतान्तरले सुनुवार विजयी, को हुन् सुनुवार ?

पूर्णप्रसाद न्यौपाने/मङ्सिर २३, ओखलढुंगा । प्रतिनिधिसभा सदस्यमा ओखलढुंगाबाट यज्ञराज सुनुवार भारी मतान्तरले विजयी हुनुभएको छ । 

एमाले नेता तथा वाम गठबन्धनका उमेद्वार सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्धोन्दि नेपाली कांग्रेसका रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मत मतले पछि पार्दै सुनुवार विजयी हुनुभएको हो । खतिवडाले २७ हजार ३ सय २७ मत ल्याउनुभएको छ ।

ओखलढुंगामा सुनुवार र खतिवडा दुबै लोकप्रिय नेता भएकाले कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर मतगणनाको सुरुवाती अग्रता लिएका सुनुवार अन्ततः फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।

को हुन् यज्ञराज ?

एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इञ्चार्ज यज्ञराज सु्नुवार कुनै बेला विद्यार्थी राजनीतिमा सक्रिय थिए । ०५३ मा आर आर क्याम्पस र ०५५ मा महेन्द्र रत्न क्याम्पस ताहाचालको स्ववियु सभापति निर्वाचित भएका सुनुवार अनेरास्ववियुको अध्यक्षमा ठाकृुर गैरेसँग पराजित भएपछि जिल्लाको राजनीतिमा आएका थिए ।

ओखलढुंगामा एमालेको तीन कार्यालय पार्टी प्रमुख भएका सुनुवार ०६४ मा ओखलढुंगा १ बाट संविधानसभा सदस्यमा पराजित भए । त्यसपछि उनी ०७० सालमा करीव ३५ सय मतान्तरले कांग्रेसका बालकृष्ण दाहाललाई पराजित गरेर बिजयी भए । 

२०७० सालमा निर्वाचित भएपछि छोटो समयमा लोकप्रिय भएका नेता सुनुवार सदन र सडकमा जिल्लाको विकास र देशको निकासका लागि लड्ने नेतामा परे र गठबन्धनका साझा उमेद्वार सुनुवार प्रतिस्पर्धी रामहरि खतिवडालाई भारी मतान्तरले पछि पार्दै विजयी भए ।

सुनुवार र खतिवडा दुवै प्रभावाशाली युवा नेताको पहिचान बनाएका नेता हुन् । अब जित भएसँगै सुनुवार संसदमा प्रवेश गर्नेछन् भने पराजित भइसँगै खतिवडा ५ वर्ष संसद बाहिरै रहनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई