2026-09-08 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखा २ मा १९ हजार मतगणना गर्न बाँकी, कसले मार्ला बाजी ?

मङ्सिर २३, गोरखा । प्रतिनिधिसभा, गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तीन हजार ६८ मतान्तरले नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठभन्दा अघि हुनुहुन्छ । 

आज बिहानसम्म ४१ हजार १२२ मतगणना हुँदा डा भट्टराईले २० हजार ८९७ र श्रेष्ठले १७ हजार ८२९ मत प्राप्त गर्नुभएको छ । गोरखा–२ मा ६० हजार मत खसेको थियो । 

अब १९ हजार मतगणना गर्न बाँकी छ । डा भट्टराई लोकतान्त्रिक गठबन्धनबाट आफ्ना पूर्वसहयोद्धा श्रेष्ठसँग प्रतिस्पर्धामा हुनुहुन्छ । श्रेष्ठ वाम गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ । 

गोरखा २ (क¬) मा नयाँ शक्तिका हरिशरण आचार्यले १० हजार ७७३ र माओवादी नेत्री कमला नहर्कीले नौ हजार तीन मत ल्याउनुभएको छ । यहाँ २० हजार ९५९ मतगणना भएको छ । 

यस्तै गोरखा २ (ख) प्रदेशमा काँग्रेसका प्रकाशचन्द्र दवाडीले १० हजार ९१९ र माओवादी केन्द्रका अमर तमुले नौ हजार ६०७ मत ल्याउनुभएको छ । यहाँ २१ हजार ८२२ मतगणना भएको छ । 

गोरखा–१ मा वाम गठबन्धनका उम्मेदवार लोकतान्त्रिक गठबन्धनभन्दा धेरै अघि छन् । माओवादी नेता हरिराज अधिकारीले १५ हजार २९८ मत ल्याउनुभयो भने काँग्रेसका नेता चीनकाजी श्रेष्ठले १३ हजार २२२ मत ल्याउनुभएको छ । यहाँ ३२ हजार ५२० गणना भएको छ । 

गोरखा १ प्रदेश (क) मा माओवादी केन्द्रका लेखबहादुर थापाले ११ हजार २२ मत ल्याउँदा काँग्रेस नेता धीरन थापाले नौ हजार ३५९ मत ल्याउनुभएको छ । यहाँ २२ हजार ४१ मतगणना भएको छ । 

यस्तै गोरखा १ प्रदेशसभा (ख) मा एमालेका रामशरण बस्नेतले ११ हजार २२ मत ल्याउँदा काँग्रेसका राजेन्द्र बजगार्इँले आठ हजार ८७० मत ल्याउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ