2026-09-08 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब गन्न बाँकी १५ हजार मतभित्र नारायणकाजीको भविष्य !

मङ्सिर २३, काठमाडौँ | देशभर चासोको क्षेत्र अर्थात दुई हेभीवेट नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको क्षेत्र गोरखा २ मा बाबुराम भट्टराईले निरन्तर नारायणकाजी श्रेष्ठ बिरुद्ध मतान्तर बढाउँदै लगेका छन् । 

अपडेट भएको मत परिणाम अनुसार भट्टराई र श्रेष्ठको मतान्तर ३ हजार ६ सय ४२ मतको अन्तर रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार भट्टराईले २३ हजार १ सय १७ मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठले १९ हजार ४ सय ७५ मत ल्याएका छन् । उता गोरखाकै क्षेत्र नम्बर १ मा भने कम्युनिष्ट गठवन्धनका हरिराज अधिकारीले १५ हजार २९९ मत ल्याएका छन् भने काँग्रेसका चिनकाजी श्रेष्ठले १३ हजार २२२ मत ल्याएका छन् ।

यस अघिको मतलाई आधार मान्ने हो भने भट्टराईले झनै अग्रता बढाएका छन् । ३ हजारको हाराहारीमा मतान्तर भएपनि अहिले उक्त मतान्तर बढेर ३६०० बढी भएको छ ।

गोरखा २ मा अहिलेसम्म ४५ हजार १ सय ७३ मत गणना भएको छ भने अब १५ हजार मत गणना गर्न बाँकी रहेको छ । यसैमा नारायणकाजी श्रेष्ठले भट्टराईलाई हराउन ३६ सय मतलाई आफ्नो पकडमा पारेर अग्रता लिनुपर्ने हुन्छ, अन्यथा निरन्तर भट्टराईको पक्षमा मत आईरहे नारायणकाजी श्रेष्ठको प्रतिनिधिसभा सांसदको लागि भएको भिडन्त बालुवामा पानी सरह हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ