2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा वाम गठबन्धनको ‘क्लीन स्वीप’

पूर्णप्रसाद न्यौपाने/मङ्सिर २३, ओखलढुंगा । नेपाली काँग्रेसले आफ्नो गढको रुपमा दावी गर्दै आएको ओखलढुंगामा संघीय प्रतिनिधी सभा र प्रदेश सभाका तीनै सिट जितेर वाम गठबन्धनले क्लीन स्वीप गरेको छ । 

संघीय प्रतिनिधी सभामा  गठबन्धनका उम्मेदवार एमालेका केन्द्रिय सदस्य विजयी हुनुभयो । उहाँले काँग्रेसका रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मतले पछि पार्नुभयो । 

एमाले नेता तथा वाम गठबन्धनका उमेद्वार सुनुवार ३२ हजार ५ सय ८० मत ल्याउनुभयो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३ सय २७ मत ल्याउनुभएको छ ।

त्यस्तै ओखलढुंगाको प्रदेश क मा वाम गठबन्धनका उम्मदवार अम्बीरबाबु गुरुङ विजयी भए । वामगठबन्धनको तर्फबाट उम्मेदवार बनेका गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गरि विजयी भएका हुन् । 

गुरुङले प्रतिद्वन्दी काँग्रेसका मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत पाए । गुरुङले लोकतान्त्रिक गठबन्धनका दाहाललाई ७ हजार दुई मतले पछि पार्नुभएको छ  ।  संघीय समाजवादी फोरमका नरेश नेम्वाङ २ सय ९९ मत ल्याएर तेस्रो स्थान हासिल गर्नुभएको छ ।

प्रदेश सभा  ख मा गठबन्धनमा माओवादी केन्द्रका मोहन खड्का विजयी हुनुभयो । उहाँले काँग्रेसका प्रदिप सुनुवारलाई १५ हजार ४ सय ४५ मत ल्याएर पछि पार्नुभयो । उहाँले काँग्रेसका सुनुवारभन्दा १ हजार ७ सय ७४ मत बढी पाएका छन् । 

यस सँगै वाम गठबन्धनले ओखलढुंगामा क्लीव स्वीप गरेको हो । यस क्षेत्रमा काँग्रेसका विद्रोही उम्मेदवार ज्ञानेन्द्र रुम्दालीले १ हजार ८ सय ५८ मत ल्याएका छन् । काँग्रेसको टिकट वितरणमा असहमति जनाउँदै विद्रोह गरेर उम्मेदवार बनेका रुम्दालीको उम्मेदवारीले खड्कालाई सहज भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई