Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानमा फराकिलो मतअन्तरले बाम गठबन्धनको अग्रता कायमै

२०७४, २४ मंसिर आईतवार ०५:२२

शंकर केसी/मङ्सिर २४, सल्यान । सल्यानमा बाम गठबन्धनका उम्मेदवारहरु फराकिलो मतअन्तरका साथ अघि बढिरहेका छन् । 

प्रतिनिधीसभातर्फ ४४ हजार ३८ मत गनिसकदा सम्म माओवादी केन्द्रका टेक बहादुर सस्नेतले आफ्ना प्रतिष्पर्धी काग्रेसका राजेन्द्र बहादुर शाह भन्दा ८ हजार ३५८ मत बढि ल्याएका छन् । वस्नेतले २३ हजार ४१९ र शाहले १५ हजार ६१ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार उमाकान्त शर्माले ९३६ मत ल्याएका छन् ।

यस्तै क्षेत्र नम्बर १ मा एमालेका गुलावजंग शाहले काग्रेसका एकराज डागीलाइ ६ हजार ५५ मतले पछि पारेका छन् । २८ हजार ९९९ मत गनिसकदा सम्म शाहले १३ हजार २८० र डागीले ७ हजार २२५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार भिमप्रकाश शर्माले ५ हजार २७६ मत ल्याएका छन् ।

यस्तै प्रदेशसभा क्षेत्र नम्बर २ मा पनि बाम गठबन्धनकै उम्मेदवारले अग्रता शुरुदेखि नै कायम गर्दै आएका छन् । ६ नम्बर प्रदेशको भावि मुख्यमन्त्रीको रुपमा पनि हेरिएका एमाले पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले काग्रेसका डिल्लीराज रेग्मीलाइ ५ हजार ८६३ मतले पछि पार्दै शुरु देखि नै अग्रता कायम गरेका छन् ।

२८ हजार १६९ मत गनणा भइसक्दा ज्वालाले १२ हजार ९१८ मत ल्याउँदा रेग्मीले ७ हजार ५५ मत ल्याएका छन् । र राप्रपाका उम्मेदवार राजेन्द्रविर रायले ५ हजार ५८ मत ल्याएका छन् ।

सल्यानमा धेरै मत बदर भएको पाइएको छ । प्रतिनिधीसभाको मतपरिणाम अनुसार ७.७१ प्रतिशत मत बदर भेटिएको छ । मतदाता शिक्षा प्रभावकारि नहुँदा तथा दलहरुले पनि मतदातालाइ भोट हाल्ने तरिका नसिकाउँदा मत बदर भएको पाइएको छ ।

प्रतिनीधीसभा निर्वाचनमा जिल्लाभर ८३ हजार ८३२ मत खसेको थियो । र प्रदेश क मा ६६ हजार ९४१ र ख मा ६७ हजार २७२ मत खसेको थियो । मत गणनामा सहभागी कर्मचारिहरुले एक हजार मत गन्न करिव एक घण्टा १५ मिनेट समय लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश