2026-09-19 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुर २ मा वाम गठबन्धन विजयी

मङ्सिर २४, उदयपुर । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनको प्यानल नै विजय भएका छन् । 

भर्खरै प्राप्त मत परिणामअनुसार उदयपुर निर्वाचन क्षेत्र नं २ बाट वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार सुरेश किराती (हिमाल) ले २२ हजार ५५१ मत प्राप्त गरेर विजयी हासिल गर्नुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणबहादुर कार्कीले १५ हजार ४५५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । 

यस्तै क्षेत्र नं २ कै प्रदेशसभा (क) १ र २ (ख) बाट वाम गठबन्धनकै कला घले र नारायण बुर्जा मगर विजय भइसक्नुभएको छ । 

यता जिल्लाको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धन र काँग्रेसका उम्मेदवारबीच कडा टक्कर भएको छ । आज बिहानसम्मको मत परिणामअनुसार क्षेत्र नं १ को प्रतिनिधिसभाको उम्मेदवारमा नेपाली काँग्रेसका डा नारायण खड्काले १५ हजार २७० मत प्राप्त गर्नुभएको छ भने वाम गठबन्धनका उम्मेदवार मञ्जुकुमारी चौधरीले १५ हजार ३३ मत ल्याएर नेपाली काँग्रेसका डा खड्कालाई पछ्याइ रहनुभएको छ । 

यता निर्वाचन क्षेत्र नं १ को प्रदेश (क) १ मा वाम गठबन्धनका विमल कार्कीले १० हजार ३६० मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका विदुरबाबु बस्नेतले नौ हजार ३५० मत प्राप्त गर्नुभएको छ । 

यस्तै जिल्लाको निर्वाचन क्षेत्र नं १ कै प्रदेश (ख) २ मा नेपाली काँग्रेसका हिमाल कार्कीले १२ हजार २३३ मत प्राप्त गर्नुभएको छ भने वाम गठबन्धनका रामबहादुर थापाले ११ हजार ६० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई