2026-07-04 07:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

प्रचण्डको क्षेत्रमा अझै ४०% मतगणना बाँकी: प्रचण्डले २९८६४ मत पाए (अपडेट)

मङ्सिर २५, काठमाडौँ | प्रतिनिधि सभा चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिक्रम पाण्डेसँगको मतान्तर झनै बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार प्रचण्ड पाण्डेभन्दा ७ हजार ४८३ मतले अगाडि छन् ।

९३ हजार ८२३ मत खसेको चितवन ३ मा अहिलेसम्म ५६ हजार १६३ मत गनिएको छ । अर्थात अब ३७,६६० मत गन्न बाँकी छ । 

प्राप्त पछिल्लो मतगणना परिणाम अनुसार पुष्पकमल दाहाल प्रचन्डले २९ हजार ८६४ मत प्राप्त गरि अगाडि छन् । उनका निकटतम प्रतिद्वन्दी राप्रपाका उपाध्यक्ष एवं वनमन्त्री बिक्रम पाण्डेले २२ हजार ३८१ मत प्राप्त गरेका छन् ।

शुरुमा नेपाली कांग्रेस र राप्रपाको बलियो पकड भएको क्षेत्रको मत गणना गरीएकाले प्रचण्डका प्रतिस्पर्धी पाण्डेसँग कडा प्रतिस्पर्धा देखिएको थियो । तर अब भने गणना गर्न बाँकी रहेका क्षेत्र एमाले र माओवादी केन्द्रको जनमत बलियो भएको क्षेत्र मानिन्छ । यसै अनुसार प्रचण्डले मतान्तरमा आफ्नो स्थिति बलियो बनाउँदै पनि लागेका छन् । पछिल्लो समय पाण्डेको भन्दा दोब्बर  जस्तै प्रचण्डको मत बढेको छ ।

यहाँ तेश्रो प्रतिष्पर्धीको रुपमा नेपाल कम्युनिष्ट पार्टी (माले) का डम्बर श्रेष्‍ठले ८९१ मत पाएका छन् भने चौथो स्थानमा विवेकशील साझा पार्टीका शरद राज पाठकलाई २९६ मत प्राप्त भएको छ, त्यस्तै पाँचौं स्थानमा स्वतन्त्र उम्मेदवार हरी प्रसाद दाहाललाई २१२ मत प्राप्त भएको छ ।  


उम्मेदवार बारे जानौं:- 

१. पुष्प कमल दाहाल 'प्रचण्ड' 

पुष्पकमल दाहाल 'प्रचण्ड'को जन्म वि.सं.२०११ साल मंसिर २६ गते ढिकुरपोखरी –२, कास्कीमा भएको हो । उनि मुक्तिराम दाहाल र भवानी दाहालका छोरा हुन् । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत रहेका प्रचण्डको शैक्षिक योग्यता  कृषि तथा पशु विज्ञानमा स्नातक रहेको छ । उनको राजनीतिक जीवन ४२ वर्षको हो । राजनीतिमा आउनु अघि उनले झण्डै छ वर्ष शिक्षण र अमेरिकी सहयोग नियोग युएस एडमा काम गरेका थिए । २०२८ सालदेखि पुष्पलाल समूहबाट राजनीति सुरु गरेका प्रचण्ड २०३१ सालमा माक्र्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशन(चौम)मा प्रवेश गरेका थिए । चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालिन सदस्य बनेका प्रचण्ड २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित भए । २०३८ सालमा क्षेत्रीय ब्यूरो सदस्य र अखिल नेपाल युवक संघको महासचिव भएका प्रचण्ड २०४० सालमा अनेयुसंघको अध्यक्ष बने । २०४१ सालमा नेकपा मशालको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिटब्यूरो सदस्य बनेका उनि २०४२ मा पार्टी विभाजनपछि मोहन वैद्य किरणतिर लागे । मोहन वैद्यले पार्टीको नेतृत्व गरेका बेला २०४५ सालमा सेक्टर काण्ड भएपछि नैतिकताका आधारमा वैद्यले पार्टी नेतृत्व छोडे लगत्तै पार्टी प्रमुख अर्थात ०४६ मा महामन्त्री बने । त्यस यता जनयुद्ध हुँदै जनआन्दोलन हुँदै दुई पटकसम्म प्रधानमन्त्री बनेका छन् । २०४६ देखि नै उनले माओवादीको नेतृत्व सम्हाल्दै आएका हुन् ।

२. विक्रम पाण्डे 

पिता चन्द्रराज र माता जीवकुमारी पाण्डेको छोरा हुन बिक्रम पाण्डे । उनि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका उपाध्यक्ष समेत हुन् । २०४७ सालदेखि राजनीति थालेका पाण्डे चितवन जिल्लाको राप्रपाका संस्थापक उपाध्यक्ष हुँदै महामन्त्रीसम्म भएका छन् । पाण्डेले सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष भएर पनि काम गरिसकेका छन् । २०५६ र ०६४ सालमा चितवन क्षेत्र नम्बर ५ बाट निर्वाचनमा सहभागी भएका पाण्डे दुवै पटक पराजित भएका थिए तर २०७० सालको निर्वाचनमा चितवनबाट १० हजार ७ सय ७५ मत ल्याएर विजयी भएका थिए । त्यस यता पाण्डे प्रचण्ड नेतृत्वकै पालामा २०७३ सालमा भूमीसुधारमन्त्री बनेका थिए भने अहिले वनमन्त्री समेत हुन् । पाण्डेलाई निर्माण व्यवसायी र सञ्चार उद्यमीको नामले पनि चिनिन्छ । चितवनको भरतपुरस्थित कालिका एफएम उनकै संचालनमा चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो