२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अब गनिने तीन हजार मतमा बिक्रम पाण्डेको भविष्य ! प्रचण्डको खातामा ४३ हजारभन्दा बढी मत

२०७४, २५ मंसिर सोमबार ०५:१४

मङ्सिर २५, काठमाडौँ | माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ को ताजा मत परिणाम प्राप्त भएको छ, पछिल्लो मत परिणाम अनुसार प्रचण्डले १० हजार भन्दा बढीको मतान्तरको अग्रता लिएका छन् । 

अहिलेको अवस्था हेर्दा बिक्रम पाण्डेको जितको सम्भावना छैन, किनकी १० हजार भन्दा बढीको मतान्तरमा १२ हजार मत गणना बाँकी हुनु बिक्रमको पक्षमा होइन । मतगणना १२ हजार बाँकी भएपनि अब बढीमा तीन हजार मत गणना हुँदानै बिक्रमको पराजय भईसक्नेछ । यदी मतान्तर घटाउन सक्ने हो भने पनि बिक्रमको पराजयको समय अलि लामो समय जाला तर १० हजार भन्दा बढी मत ल्याई प्रचण्डलाई जित्न सक्ने अवस्था छैन । 

९३ हजार ८२३ मत खसेको चितवन ३ मा अहिलेसम्म ८१ हजार ७६४ मत गणना भएको छ । प्राप्त पछिल्लो मतगणना परिणाम अनुसार पुष्पकमल दाहाल प्रचन्डले ४३ हजार १८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी राप्रपाका उपाध्यक्ष एवं वनमन्त्री बिक्रम पाण्डेले ३२ हजार ९११ मत प्राप्त गरेका छन् ।

उम्मेदवार बारे जानौं:- 

१. पुष्प कमल दाहाल 'प्रचण्ड' 

पुष्पकमल दाहाल 'प्रचण्ड'को जन्म वि.सं.२०११ साल मंसिर २६ गते ढिकुरपोखरी –२, कास्कीमा भएको हो । उनि मुक्तिराम दाहाल र भवानी दाहालका छोरा हुन् । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत रहेका प्रचण्डको शैक्षिक योग्यता  कृषि तथा पशु विज्ञानमा स्नातक रहेको छ । उनको राजनीतिक जीवन ४२ वर्षको हो । राजनीतिमा आउनु अघि उनले झण्डै छ वर्ष शिक्षण र अमेरिकी सहयोग नियोग युएस एडमा काम गरेका थिए । २०२८ सालदेखि पुष्पलाल समूहबाट राजनीति सुरु गरेका प्रचण्ड २०३१ सालमा माक्र्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशन(चौम)मा प्रवेश गरेका थिए । चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालिन सदस्य बनेका प्रचण्ड २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित भए । २०३८ सालमा क्षेत्रीय ब्यूरो सदस्य र अखिल नेपाल युवक संघको महासचिव भएका प्रचण्ड २०४० सालमा अनेयुसंघको अध्यक्ष बने । २०४१ सालमा नेकपा मशालको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिटब्यूरो सदस्य बनेका उनि २०४२ मा पार्टी विभाजनपछि मोहन वैद्य किरणतिर लागे । मोहन वैद्यले पार्टीको नेतृत्व गरेका बेला २०४५ सालमा सेक्टर काण्ड भएपछि नैतिकताका आधारमा वैद्यले पार्टी नेतृत्व छोडे लगत्तै पार्टी प्रमुख अर्थात ०४६ मा महामन्त्री बने । त्यस यता जनयुद्ध हुँदै जनआन्दोलन हुँदै दुई पटकसम्म प्रधानमन्त्री बनेका छन् । २०४६ देखि नै उनले माओवादीको नेतृत्व सम्हाल्दै आएका हुन् ।

२. विक्रम पाण्डे 

पिता चन्द्रराज र माता जीवकुमारी पाण्डेको छोरा हुन बिक्रम पाण्डे । उनि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका उपाध्यक्ष समेत हुन् । २०४७ सालदेखि राजनीति थालेका पाण्डे चितवन जिल्लाको राप्रपाका संस्थापक उपाध्यक्ष हुँदै महामन्त्रीसम्म भएका छन् । पाण्डेले सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष भएर पनि काम गरिसकेका छन् । २०५६ र ०६४ सालमा चितवन क्षेत्र नम्बर ५ बाट निर्वाचनमा सहभागी भएका पाण्डे दुवै पटक पराजित भएका थिए तर २०७० सालको निर्वाचनमा चितवनबाट १० हजार ७ सय ७५ मत ल्याएर विजयी भएका थिए । त्यस यता पाण्डे प्रचण्ड नेतृत्वकै पालामा २०७३ सालमा भूमीसुधारमन्त्री बनेका थिए भने अहिले वनमन्त्री समेत हुन् । पाण्डेलाई निर्माण व्यवसायी र सञ्चार उद्यमीको नामले पनि चिनिन्छ । चितवनको भरतपुरस्थित कालिका एफएम उनकै संचालनमा चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा