2026-09-19 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मतपेटिकामा पैसा र अर्धकट्टी सहित शुर्य र रुखमा छाप लागेको मतपत्र भेटिएपछी…

मंसिर २५, सुनसरी | सुनसरी ३ मा मतगणना गन्ने क्रममा मतपेटिकामा पैसा र अर्धकट्टी सहितको मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ । मत पेटिकामा अर्धकट्टी सहितको ९ वटा मतपत्र र २० रुपैयाँको नोट भेटिएको हो । यहाँ अहिले विवादले उग्र रुप लिएपछी मतगणना स्थागित गरिएको छ ।

नौं वटा अर्धकट्टी सहित भेटिएका मतपत्रमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा छाप लागेको बताइएको छ । सुनसरी ३ मै गणना भइरहेको मतपत्र भित्र २० रुपैयाँको नोट समेत भेटिएको छ । जसमा भने एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरिएको छ । अर्धकट्टी सहित भेटिएको मतपत्र सार्वजनिक गर्न र सिरीयल नम्बर देखाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले नमानेपछि विवाद भएको हो ।

अर्धकट्टी सहित भेटिएका मत बदर हुनुपर्ने माग राख्दै वाम गठबन्धनले माग राखेको छ । अहिले समस्या समाधान गर्नका लागि बैठक जारी छ । पैसा भेटिएको मतपत्र बदर भएको तर अर्धकट्टी सहित भेटिएको मत बदर नभएकाले मतगणना स्थागित गरेको एक एमाले नेताले बताए ।

सुनसरी क्षेत्र नम्बर ३ मा अहिले मत गणना जारी हुँदा वाम गठबन्धनकि उम्मेद्वार भगवती चौधरी १ सय ५५ मतले अगाडि हुनुहुन्छ ।

त्यहाँ नेपाली कांग्रेसका उम्मेद्वार विजयकुमार गच्छदारले २९ हजार एक सय सय ७१ मत ल्याउनुभएको छ भने भगवतीको २९ हजार ३ सय २६ मत रहेको छ । यहाँ अझै २० हजार मत गन्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई