2026-08-31 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनका समयमा व्यक्त प्रतिबद्धता पूरा गर्नेछौँ: दाहाल

मङ्सिर २५, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनले निर्वाचनका समयमा व्यक्त गरेका प्रतिबद्धता इमान्दारीपूर्वक पूरा गर्ने बताउनुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज भरतपुरमा आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा उहाँले राष्ट्रियता, राष्ट्रिय एकता, स्वाधीनताका लागि समर्पित भई अगाडि बढ्ने बताउनुभयो । 

अध्यक्ष दाहालले जनताले राजनीतिक परिवर्तनका लागि ठूलो भूमिका खेलेको उल्लेख गर्दै समाजवादको आधारशीला तयार पारी आर्थिक क्रान्तिमा लाग्ने अबको हाम्रो अभियानमा पनि जनतालाई सहयोग गर्न आग्रह गर्नुभयो । 

स्वदेश तथा विदेशमा रहनु भएका आम नेपालीलाई निर्वाचनमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उहाँले भन्नुभयो, “वाम गठबन्धन बनाएर स्थायित्व, समृद्धिको नारासहित जनतासामु प्रस्तुत भयौँ, यसलाई पूरा गर्नेछौँ, ।” 

अध्यक्ष दाहालले नेपाल राजनीतिक अस्थिरता र अराजकताको युगबाट राजनीतिक स्थायित्व, विकास र समृद्धिको नयाँ युगतर्फ प्रवेश गरेको बताउँदै “नेपाल इतिहासको नयाँ युगतिर प्रवेश गर्ने कुराको शुरुवात भएको छ” भन्नुभयो । 

सो अवसरमा चितवन क्षेत्र नं ३ का निर्वाचन अधिकृत शम्भुराज रेग्मीले अध्यक्ष दाहाल र प्रदेशसभामा निर्वाचित कृष्णप्रसाद भूर्तेल र रामलाल महतोलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले क्षेत्र नं २ का कृष्णभक्त पोखरेल र प्रदेशसभाका घनश्याम दाहाल र विजय सुवेदीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

त्यसैगरी क्षेत्र नं १ का निर्वाचन अधिकृत परमेश्वर पराजुलीले प्रतिनिधिसभाका सुरेन्द्र पाण्डे र प्रदेशसभाका दावा दोर्जे लामा र कृष्ण खनाललाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । उक्त कार्यक्रममा वन तथा भूसंरक्षण मन्त्री एवं दाहालका निकटतम प्रतिस्पर्धी बिक्रम पाण्डेले विजयी दाहाललाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो