2026-10-06 09:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामलाई देशकै नमुना जिल्ला बनाइने: नेम्वाङ

मङ्सिर २५, इलाम । नवनिर्वाचित सांसद सुवास नेम्वाङले निर्वाचनताका जनतासँग गरिएका प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । 

देउमाई नगरपालिकास्थित मङ्गलवारे बजारमा वाम गठबन्धनद्वारा आज आयोजित विजयोत्सवलाई सम्बोधन गर्दै पूर्व सभामुख नेम्वाङले भन्नुभयो “जनताको मतले हामीले चुनाव जितेका हौँ, अब तिनै जनताका आवश्यकता र माग पूरा गर्ने हाम्रो पहिलो दायित्व हो ।” 

पाँच वर्षभित्र इलामलाई देशकै नमुना जिल्ला बनाउने लक्ष्यका साथ अघि बढ्ने बताउँदै उहाँले घोषणापत्रमा उल्लेख भएबमोजिम विकास र पूर्वाधार निर्माण गरिने छ भन्नुभयो । 

कार्यक्रममा प्रदेशसभा–२ (क) सदस्य राम रानाले यस क्षेत्रका १० हजार युवालाई रोजगारीको सुनिश्चितता गरिने, शैक्षिक जनशक्ति उत्पादन गर्ने शिक्षालयको निर्माण गर्ने तथा उद्योग कलकारखानाको स्थापना गरेर गरिबी उन्मूलन गर्ने खालका नयाँ कार्यक्रम ल्याइने जानकारी दिनुभयो । 

प्रदेशसभा–२ (ख) सदस्य धीरेन्द्र शर्माले आफूले जितेको क्षेत्र कर्णाली जस्तै भएकाले त्यसको विकास र समृद्धिमा आफू कटिबद्ध रहने दृढता व्यक्त गर्नुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै