२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदेश नं.७ को समृद्धिको लागि प्रधानमन्त्री देउवासँग सहकार्य गरेर अघि बढ्ने एमाले उपाध्यक्षः रावल

२०७४, २६ मंसिर मंगलवार १४:५९

मंसिर २६, अछाम | नेकपा एमालेका उपाध्यक्ष तथा निर्वाचन क्षेत्र नं.१ का नवनिर्वा्चित सांसद भीम रावलले प्रदेश नं.७ को समृद्धिको लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग सहकार्य गरेर अघि बढने बताउनु भएको छ ।

सयुक्त वामगठबन्धनको विजय सभालाई आज साँफेबगरमा सम्वोधन गर्दै रावलले यस क्षेत्रको विकासको लागि नेपाली काँग्रेसका सभापतिको भूमिका पनि महत्वपूर्ण रहने स्पष्ट पार्नु भयो । उहाँले नेपाली काँग्रेसलाई चुनावबाट जनताले प्रतिपक्षको भूमिकामा पुगेकाले काँग्रेसलाई नआत्तिन आग्रह गर्दै विपक्षीप्रति गठबन्धनको सरकारले कुनै भेदभावन गर्ने प्रतिबद्धता जनाउनु भयो । 


स्थायीत्व र सम्बृद्ध मुलुक निर्माणका लागि नेपाली जनताले मताधिकार प्रयोग गरेको बताउनुभयो । संविधान निर्माणसँगै अव कार्यान्वयन गर्दै देशलाई आर्थिक समृद्धितिर अघि बढाउने  बताउनुभयो । नेपाली काँग्रेसलाई जनताले वहुमत/दुईतिहाई वहुमत दिएपनि जनताको मतको सदुपयोग गर्न नसकेका कारण जनताले वामगठबन्धनलाई जिताएको बताउनुभयो । उहाँले वामगठबन्धनले जनताको शिर झुकाउने काम नगर्ने भन्दै सबैसँग सहकार्य गर्दै देश निर्माणको अभियानमा जुट्ने बताउनुभयो । वामगठबन्धनको जितलाई क्षिमेकि मुलकले समेत स्वागत गरेको बताउनुभयो । 

विजयी सभालाई सम्वोधन गर्दै नवनिर्वा्चित प्रदेस सदस्य गोविन्द कुँवरले वाम गठबन्धनले निर्वाचनमा बहुमतसहित विजय हासिल गरेकाले जनताको चाहनाअनुसार काम गर्ने बताउनुभयो । प्रदेश सदस्य कुँवरले प्रदेशको सरकार गठनपछि आफूहरुको ध्यान चुनावका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्नतर्फ रहने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै