2026-10-06 09:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

आगामी बजेटमा सवै पक्षलाई समेटेर जनमैत्री कार्यक्रम ल्याउँछु: मेयर नेम्बाङ

जितेन्द्र भण्डारी/मंसिर २९, पाँचथर । पाँचथरको फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले आगामी आउने बजेटमा आदिवासी जनजाति लगायत सवै पक्षलाई समेटेर जनमैत्री र लोकप्रिय कार्यक्रम ल्याउने वताउनुभएको छ ।

पाँचथरको फिदिममा आज आयोजित पाँच दिने आधारभूत पत्रकारिता तालिमको समापन समारोहमा वोल्दै उहाँले अझै आउने दिनमा आदिवासी जनजातिको उत्थान हुने किसिमका कार्यक्रम ल्याउने उल्लेख गर्नुभयो ।

फिदिम नगरपालिकाको सहयोगमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरले तालिमको आयोजना गरेको हो ।

तालिममा फिदिम नगर क्षेत्रका १८ जना आदिबासी जनजाति युवा–युवतीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण फोनिजका पूर्वाञ्चल संयोजक तथा कान्तिपुर दैनिकका पाँचथर संवाददाता शाहीमान राई, पत्रकार कबिन्द्र शेर्मा, बिजयबोध लाओती र नारायण तुम्बापोले गर्नुभएको थियो ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरका अध्यक्ष गणेश साम्पाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै