2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

धनकुटा प्रादेशिक राजधानी हुनुपर्ने मागसहित धर्ना

पुस २, धनकुटा (रासस) | प्रदेश नं १ को राजधानी धनकुटा तोकिनु पर्ने माग गर्दै धनकुटावासीले आज पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका छन् । यस अघि उनीहरुले प्रधानमन्त्रीलाई सम्बोधन गरिएको एक ज्ञापनपत्र पनि बुझाएका थिए । 

धनकुटाको मदनचौकबाट अघि बढेका जुलुश बजार परिक्रमापछि क्षेत्रीय प्रशासन कार्यालय धनकुटा पुगेको हो । सुरक्षा, भौतिक संरचनाका साथै भौगोलिक रुपले समेत धनकुटा प्रादेशिक राजधानीका उपयुक्त भएको दाबी गर्दै उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले यसमा सरकारलाई दबाब दिन कार्यालयमा धर्ना दिएको बताउनुभयो । 

धनकुटालाई प्रदेश नं १ को केन्द्र बनाउन गएको ३ दिनदेखि आन्दोलनको अगुवाइ गरिरहेका धनकुटा उद्योग वाणिज्य संघ र नागरिक समाजले यहाँ प्रादेशिक मन्त्रालयका लागि भौतिक संरचना र पर्याप्त सरकारी जमिन रहेकोतर्फ ध्यानाकर्षण गराउँदै आएको छ । 

जिल्लावासीले बुझाएको ज्ञापनपत्रमा धनकुटा ऐतिहासिक ठाउँ भएकाले यसको विकास र समृद्धिका लागि राजधानी बनाउन आवश्यक रहेको उल्लेख छ । धनकुटामा ३ सय ९१ वटा सरकारी भवन र शहरी विकासको नाममा करिव ३ सय रोपनी जग्गा रहेको छ । यस अतिरिक्त विद्युत् प्राधिकरण र धनकुटा नगरपालिकाका स्वामित्वमा पनि थुप्रै जग्गा रहेको छ । ज्ञापनपत्र बुझ्दै निमित्त क्षेत्रीय प्रशासक शेवन्त दाहालले जिल्लावासीको मागलाई प्रधानमन्त्रीको कार्यालय समक्ष पुर्याइदिने वचन दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई