2026-09-19 06:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

घर फर्किए म्यादी, अधिकांशको सपना सेना र प्रहरी बन्ने

चिसाङ शेर्पा/पुस ७, खोटाङ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शान्ति स्थापनाका लागि खटिएका म्यादी प्रहरीलाई सरकारले आजबाट विदाई गरेको छ । 

५५ दिनका लागि नियुक्त भएका उनीहरु विहीबारदेखि सेवा मुक्त भएका हुन् ।सेवा मुक्त हुंदै गर्दा खोटाङमा म्यादी प्रहरीको सपना र जिम्मेवारी घर गृहस्थी चलाउनेदेखी फौजी हुनेसम्म रहेको छ । रुपाकोट मझुवागढी नगरपालिका ५ का २९ वर्षिय बिजय मिश्रको अबको दिनचार्य कृषी पेशा हो । 

म्यादी प्रहरी भर्ना हुनुअघि कृषि पेशामा आबद्ध मिश्रले फर्केर पुन ः त्यही पेशालाई निरन्तरता दिने बताए । कृषिसंगै डिप्लोमा अध्ययन गर्दै लोकसेवाको तयारी गर्ने क्रममा म्यादी भएका उनीले कमाएको पैसा सरकारी कर्मचारी बन्नमा खर्चिने बताए । 

भारतमा प्रविणता प्रमाणपत्र पढाईलाई ग्याप राखेर म्यादीको जागिर खाई घर फर्कर्दै गर्दा हलेसी तुवाचुङ नगरपालिका एकका १८ वर्षिय लाल बहादुर भुजेल स्थाई प्रहरी बन्न कोशिष गर्ने बताए । ५५ दिनको अबधिमा अनुशासित, मित्रवत, साथीहरुको हुलमा दिन बिताउँन पाउँदा खुशी लागेको सुनाए । कमाएको पैसा घरमा आफ्ना बुबा आमालाई घरखर्च गर्न दिने बताए ।

सोही नगरपालिका १ का १९ वर्षिय पबन राईले म्यादी प्रहरी जागिरबाट फौजी जिबनको अनुभव बटुलेको बताए । १२ कक्षामा अध्ययन गदैगर्दा म्यादीको जागिर खाएका राईले कमाएर बाँकी रहेको पैसा आमाबुवालाई दिने सुनाए । प्रहरी तथा म्यादीसंग दिन कटाएका उनलाई घर फर्केपछी केही दिन शुन्य महशुष हुने बताए । आगामी दिनमा आर्मी बन्ने ठूलो सपना रहेको सुनाए । 

बर्षदिनमा २ पटक म्यादी प्रहरी बन्न पाएकी रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाडाँकी १९ वर्षिय युवती निशा राई घर फर्केर नेपाल प्रहरीका लागि ब्यापक तयारी गर्ने सपना रहेको सुनाईन् । स्थानिय निर्वाचनमा म्यादी प्रहरी भएकी उनी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि म्यादी प्रहरी भएकी हुन् । म्यादी हुनु अघिबाट सिलाई कटाई तालिम लिएकी राईले स्थाई प्रहरी बन्न फर्म भरेको सुनाईन् । उनले एसएलसी पास गरेर पढाई छोडेकी हुन् । 

नगरपालिकाको २ नम्बर वडा सोल्माकी २० बर्षिय कृष्ण कुमारी शाही भुजेलको पनि सपना प्रहरी नै बन्ने रहेको छ । दिक्तेलस्थित सरस्वती उच्च माविमा कक्षा १२ मा अध्ययनरत भुजेलले कमाएको पैसा मुख्यत ः पढाईमा खर्चिने बताईन् । उनले भने ‘यो पैसा पढाईमा लगाउँछु अनि पछी प्रहरीमा जागिर खान्छु ।’ 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शान्ति स्थापनाका लागि जिल्लामा ९ सय ८२ जना म्यादी प्रहरी भर्ना भएको थियो । जिल्ला प्रहरी कार्यालयमा प्रसंशापत्र दिदै म्यादीलाई विदाई गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । यहाँबाट कोही दुखी भएर फर्केका छैनन्, मेहेनत, अनुशासन, भाईचाराजस्ता अमुल्य कुराहरु लिएर फर्केका छन् । उनीहरुले त्यो कुरा गाउँ र परिवारमा लागू गर्ने प्रतिबद्धता जनाएका छन् । थापाले भने, ‘५५ दिनमा उनीहरुले प्रहरीबाट कुनै दुख भोग्न परेन बरु, छुट्ने वेलामा दुखी भएका थिए । अधिकांसको सपना प्रहरी बन्ने छ ।’ 

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीलाई सहयोग गर्न सरकारले देशभर ५८ हजार  २ सय ६८ म्यादी प्रहरी नियुक्त गरेको थियो । उनीहरुलाई सरकारले जनही ५१ हजार रुपैयाँ प्रदान गरेर विदाई गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई