2026-08-26 09:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नगरपालिकाको कार्यालय राख्ने स्थानका विषयमा बिवाद

चिसाङ शेर्पा पुस ७, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय राख्ने स्थानका विषय बिवादित बनेको छ । 

दुर्छिमको छापडाँडामा रहनुपर्ने नगरपालिकाको कार्यालयलाई मेयर इवन राईले  कोटगैरामा राख्ने निर्णय गराएको भन्दै चार वडाध्यक्षले बिरोध जनाएका छन् । बुधबार बसेको ११ सदस्यीय नगर कार्यपालिकाको बैठकमा मेयर राईले स्वेच्छाचारी ढंगले छापडाँडामा रहेको नगरपालिकाको कार्यालय कोटगैरामा राख्नका लागि निर्णय गराएको भन्दै हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडाअध्यक्ष हरिकुमार खड्का, वडा नं. ३ च्यास्मीटारका वडाअध्यक्ष भलाराज राई, वडा नं. ५ दुर्छिमका वडाअध्यक्ष रमेश तिवारी खत्री र वडा नं. ७ महादेवस्थानका वडाअध्यक्ष चइन्द्र राईले विरोध जनाएका हुन् । नगरपालिकाको कार्यालय राख्ने स्थानका विषयमा असहमती जनाउँदै कार्यपालिका बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेका चार वडाध्यक्षले संयुक्त विज्ञाप्तीमार्फत अपायक स्थानमा नगरपालिकाको कार्यालय राख्न नहुने जनाएका छन् । 

नगरबासीका लागि अपायक हुने र किरातीको ऐतिहाँसिक एबं पर्यटकीयस्थल होलेसुङ र रावाचुङ्गढीको संरक्षण र प्रवद्र्धनमा अशर पुग्ने भएकाले नगरपालिकाको कार्यालय कोटगैरामा राख्न नहुने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाअध्यक्ष चइन्द्र राईले बताए । ‘नगरपालिकाको केन्द्र दुर्छिमको छापडाँडामा राख्न सिफारिस भएको थियो,’ वडाध्यक्ष  राईले भने, तर, नगरप्रमुखले भिरालो र किरातीको ऐतिहासिकस्थलमा अशर पुग्ने स्थानमा राख्न बल गरेकाले आपत्ती जनाउनु परेको हो ।’ 

नगरपालिकाका लागि स्थानीयबाट चार स्थानमा जग्गा प्राप्त भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ परिच्छेद २ को ४ मा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र, उपदफा ३ मा गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्रको हेरफेर गर्नुपरेमा सम्वन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव कार्यापालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने व्यवस्था भएपनि सामान्य मापदण्ड समेत नबनाई जग्गा छनौट गरिएको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका अध्यक्ष भलाराज राईले बताए । नगरपालिकाको कार्यालय सार्न नहुनेपक्षमा उभिएका वडाध्यक्ष वामगठबन्धनका हुन् । 

स्वार्थ र कमिसनको खेलमा नगरपालिकाको कार्यालय कोटगैरा पु¥याउने खेल भएको असन्तुष्ट वडाध्यक्षको आरोप छ । कोटगैरा आसपासमा केही नेताले जग्गा खरिद गरेकाले सोही स्वार्थ अनुशार नगरपालिकाको कार्यालय कोटगैरा सार्ने खेल भएको श्रोतको दाबी छ । 

हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले भने अन्य जग्गामा अस्पताल, खेलमैदान र बसपार्क राख्ने तथा कोटगैरामा नगरपालिकाको कार्यालय राख्ने निर्णय भएको बताए । ‘निर्णयमा चित्त नबुझे छलफल गर्न सकिन्छ,’ मेयर राईले भने, तर, छलफल नभै कुरा बाहिर निस्किएको छ । के चलखेल भएको छ, साथीहरुसँग बस्ने छु ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’